घटेन सडकमा जोखिम (भिडियो) | ईमाउण्टेन समाचार

Our Network

असार १६ २०८१, शनिबार

घटेन सडकमा जोखिम (भिडियो)

पाल्पा, १५ असोज । सिद्धार्थ राजमार्ग सडक खण्डको बुटबल—तानसेन सडक खण्डमा पहिरो जोखिम अझै हटेको छैन । अविरल वर्षाका कारण दर्जनौं स्थानमा सडक माथिबाट खस्ने ठूला ठूला ढुंगा र ठाउँ ठाउँमा सडक भासिने क्रम नरोकिएकाले सडक जोखिम नघटेको हो । जोखिम नघट्दा यस क्षेत्रको यातायात सेवा असुरक्षित बनेको छ ।

उक्त सडक सामरिक आर्थिक महत्वको मानिन्छ । बुटवल र पोखरालाई जोड्ने सडक भए पनि सडक खण्डमा वर्षेनी आउने जोखिमको दीर्घकालीन समाधान भएको छैन । सडक टालटुल र मर्मतका नाउँमा सडक कार्यालयले वर्षेनी लाखौ रूपैया खर्च गर्दै आएको छ । सडक कार्यालयका अनुसार पहिरो पन्छाउन मात्रै वर्षेनी तीन करोड बढी खचृ हुँदै आएको आएको छ । तर, कार्यालय मार्फत खर्च हु्ने गरेको करोडौं रूपैंया बालुवामा पानी जस्तै भएको छ ।

सडक कार्यलयको तथ्थाङ्क अनुसार डुम्रे गौडेको पुल, सिसुवा , दोभान, झुम्सा जस्ता दर्जनौ ठाउमा पहिरोको कारण र चौबिस माइल , पानी मिल , झुम्सा, दोभान जस्ता ठाउँमा सडक भासिदा सवारी साधन एकातर्फी रूपमा संचालन गर्नुपर्ने बाध्यता रहेको डिभिजन सडक कार्यालय पाल्पाका सूचना अधिकारी शिव खत्रीको भनाई छ ।

खत्रीका अनुसार दोहोरो सवारी साधनका सञ्चालनका लागि महिनौ लाग्दछ । अधिकांश ठाउमा पहिरो पन्छाउनै समय लाग्ने गरेको छ । उक्त सडक खण्ड अवरूद्ध हुँदा गुल्मी स्याङजा, कास्की, पर्वत देखि म्यादीसम्म अत्यावश्यक सेवा ढुवानी र आउजाउमा समेत अवरोध भएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);