पहिरोले ७८ घरपरिवारको बिचल्ली (भिडियो) | ईमाउण्टेन समाचार

Our Network

चैत ११ २०८०, आइतबार

पहिरोले ७८ घरपरिवारको बिचल्ली (भिडियो)

अर्घाखाँची, १५ असोज । अर्घाखाँचीको शितगंगा नगरपालिकाका पहिरो पीडित ७८ घर परिवार विस्थापित भएका छन् । गत बिहीबारसम्म लगातार परेको अविरल वर्षाले जमिन भासिएपछि उनी विस्थापित भएका हुन् ।

शितगंगा वडा नम्बर १२ को कोठिया मैदान र वडा नं. ११ ढुङ्गेसेराका वडाका स्थानीय विस्थापित पछि खुला आकाशमुनि बस्न बाध्य छन् । पहिरोले गोठ, खेतबारी र पशु पुरिएपछि स्थानीयले लाखौं क्षति बेहोरेका छन् ।

वर्षातले जमिन भासिदै गएपछि यस क्षेत्रलाई सरकारले जोखिम क्षेत्र मानेको छ । पीडितको व्यवस्थापनका लागि पहल भइरहेको शितगंगा नगरपालिका–१२, अर्घाखाँचीका वडाध्यक्ष बाबुराम गैरेले बताउनुभयो ।

गैरेका अनुसार पहिरो खस्ने क्रम अहिलेसम्म रोकिएको छैन । पीडितलाई स्थानान्तरणका लागि स्थानीय प्रशासनले प्रक्रिया अघि बढाउने तयारी गरेको उहाँको भनाई छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);