बन्दाबन्दीमा झण्डै १४ अर्बको खाद्यान्न आयात | ईमाउण्टेन समाचार

Our Network

चैत २६ २०८१, बुधवार

बन्दाबन्दीमा झण्डै १४ अर्बको खाद्यान्न आयात

काठमाडौं, १२ असोज । चालु आर्थिक वर्षको दुई महिनामै झण्डै १४ अर्ब रुपैयाँ बराबरको खाद्यान्न आयात भएको छ । भन्सार विभागका अनुसार साउन र भदौ महिनामा १३ अर्ब ७५ करोड ६६ लाख रुपैयाँ बराबरको खाद्यान्न आयात भएको छ । यसको आधाभन्दा धेरै हिस्सा धान चामलको रहेको छ ।

साउन र भदौमा सात अर्ब ७२ करोड रुपैयाँको धान चामल आयात भएको विभागले जनाएको छ । यसमध्ये झण्डै पाँच अर्ब रुपैयाँको धान चामल भारतबाट मात्रै आयात भएको छ । यस्तै दुई महिनामा ६ अर्ब आठ करोड ५४ लाख रुपैयाँ बराबरको हरियो तरकारी र फलफूल आयात भएको छ । यस्तै एक अर्ब ७२ करोड १८ लाख रुपैयाँ बराबरको चिया र कफी आयात भएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);