काठमाडौँ, ९ असोज । मर्केलको कन्जरभेटिभ सीडीयू/सीएसयू ब्लकले ७० वर्षको इतिहासमा सबभन्दा नराम्रो परिणाम भोगेको छ तर अझ पनि संसदमा उ सबभन्दा ठूलो शक्तिका रुपमा भने रहनेछ। उसको वर्तमान सत्ता सहयात्री एसपीडीले ऐतिहासिक पराजय भोगेपछि अब विपक्षमा बस्ने बताएको छ।
राष्ट्रवादी एएफडीले उसको पहिलो सीट हात पारेको छ र संसदमा तेश्रो पार्टी हुने संकेत देखिएको छ। परिणामले विरोध प्रदर्शन निम्त्याएको छ। दक्षिणपन्थी इस्लाम विरोधी पार्टीको मुख्यालय बर्लिनमा ‘शरणार्थीहरुलाई स्वागत छ’ भन्ने प्लाकार्ड सहित प्रदर्शन भएको छ।
फ्र्यांकफर्ट र कोलोनमा पनि प्रदर्शन भएको छ। एंगेला मर्कलले आफूले यो भन्दा राम्रो परिणामको अपेक्षा गरेको बताएकी छन्। नौ लाख दस्तावेज नभएका शरणार्थी र आप्रवासीहरुलाई जर्मनीको ढोका खोलेकाले चान्सलरलाई किनारा लगाइएको हो।
एक्जीट पोलले मार्टिन शुल्ट्ज नेतृत्वको सोसल डेमोक्र्याट्स एसपीडी पार्टीले पनि सन १९४९ यताकै नराम्रो पराजय भोग्ने देखाएको छ। विकल्पहरु साँघुरिएकाले मर्कलले गठबन्धन तय गर्न समय लाग्नसक्ने बीबीसीले जनाएको छ।