बाराको जितपुरसिमरा उपमहानगरपालिकामा एमाले विजयी | ईमाउण्टेन समाचार

Our Network

फागुन २ २०८२, आइतबार

बाराको जितपुरसिमरा उपमहानगरपालिकामा एमाले विजयी

सिमरा, ८ असोज । जितपुरसिमरा उपमहानगरपालिकामा नेकपा एमाले विजयी भएको छ। प्रदेश नम्बर २ का तीन उपमहानगरपालिकामध्येको एक जितपुरसिमरामा नेकपा एमालेका मेयर र उपमेयर पदमा दुवै उम्मेदवार विजयी भएका हुन्।

मेयरमा एमालेका युवा नेता डा. कृष्ण पौडेल १४८६५ मतसहित विजयी भएका छन्। भने निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका कृष्णव्रत सिंहले १२०४३ मत पाए। उपमेयरमा पनि एमालेकी सरस्वती चौधरी १४ हजार ४५९ मत प्राप्त गरी बिजयी भएकी हुन्।