आजबाट सोह्र श्राद्ध सुरु | ईमाउण्टेन समाचार

Our Network

फागुन ५ २०८२, बुधवार

आजबाट सोह्र श्राद्ध सुरु

काठमाडौं, १७ भदौ । आश्विन कृष्ण प्रतिपदादेखि सुरु हुने पितृपक्ष अर्थात् सोह्र श्राद्ध आजबाट सुरु भएको छ । पितृपक्षको सोह्रवटा तिथिमा दिवंगत पितृको नाममा तर्पण दिने, सिदा दान र पिण्ड दान गरिन्छ ।

चाडपर्व यज्ञ तथा ठूला कार्य गर्नु अघि पितृलाई श्रद्धा भक्तिका साथ सम्झिने वैदिक सनातन हिन्दू शास्त्रीय परम्परा अनुसार सोह्रश्राद्ध गर्ने गरिएको हो । यस समयमा पितृले आश गरी बसेका हुन्छन् भन्ने शास्त्रीय मान्यता रहेको छ ।

वैदिक सनातन हिन्दू धर्मावलम्बीले ठूला मांगलिक कार्य गर्नु अगाडि नान्दीमुखी श्राद्ध, पितृको मृत तिथिमा गर्ने एकोद्दिष्ट श्राद्ध, सोह्र श्राद्धमा गर्ने पार्वण श्राद्ध, सोह्र श्राद्धमा मृत्यु भएकाको सम्झनामा गरिने एक पार्वण श्राद्ध, तीर्थमा गरिने तीर्थ श्राद्ध र बद्रीको ब्रहृमकपाल तीर्थमा गरिने ब्रहृमकपाली श्राद्ध जस्ता श्राद्धहरु प्रचलित रहेका छन् ।

काठमाडौं उपत्यकाको उत्तरपूर्वी भेगस्थित गोकर्णेश्वर उत्तरगया, नुवाकोट र रसुवाको संगमस्थल बत्रावती, देवघाट, त्रिवेणीलगायत तीर्थस्थलमा पनि श्राद्ध गर्नेको भीड लाग्ने गर्छ । तर यसवर्ष कोरोना संक्रमणका कारण तीर्थस्थलमा गएर श्राद्ध गर्न रोक लगाइएको छ ।

Leave a Reply