देश/समाज

बाग्लुङमा पहिरोबाट एक जनाको मृत्यु

बाग्लुङ, ९ भदौ । अविरल वर्षसँगै आएको पहिरोले घर पुरिदा बाग्लुङमा १ जनाको मृत्यु भएको छ । जिल्लाकोे ढोरपाटन नगरपालिकामा वडा नम्बर–२ अर्नाकमा घर पुरिदा १९ वर्षीया युवतीको मृत्यु भएको हो । पहिरोमा पुरिएर स्थानीय १९ वर्षीया पुजा परियारको मृत्यु भएको ढोरपाटन नगरपालिकाका मेयर देवकुमार नेपालीले जानकारी दिनुभयो ।

घरमा सुतिरहेको अवस्थामा आज बिहान पहिरोले घर पुरिएको थियो । मृतक युवतीको परिवाका अन्य सदस्य अर्को घरमा सुतेका कारण ज्यान जोगाउन सफल भएका छन् । मृतक परियारको आमा, बहिनी र दुई भाई अर्काे घरमा सुतेको हुँदा उनीहरु सुरक्षित रहेको प्रहरीले जनाएको छ ।

Related Post
Share

This website uses cookies.