निषेधाज्ञा जारी गरिएको एक महिना पुगिसक्दा पनि राहत नपाएको भन्दै स्थानीय विरोधमा | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

निषेधाज्ञा जारी गरिएको एक महिना पुगिसक्दा पनि राहत नपाएको भन्दै स्थानीय विरोधमा

वीरगञ्ज, ८ भदौ । वीरगञ्जमा निषेधाज्ञा जारी गरिएको एक महिना पुगिसक्दा पनि राहत नपाएको भन्दै स्थानीय विरोधमा उत्रिएका छन् । गत चैत्रमा जारीको लकडाउनको सुरुवाती चरणमा केहि राहत पाए पनि यति खेर नपाएको भन्दै उनिहरु विरोधमा उत्रिएका हुन् ।

जनप्रतिनिधिहरू समक्ष राहत सामग्री माग्न जादा सरकारले राहत नपठाएको भन्दै खाली हात पठाउने गरेको स्थानीयको गुनासो छ । “कोरोना भन्दा ठूलो भोक हो, जिल्ला अधिकारी खाना देउ“ लेखिएका प्लेकार्ड लिएर स्थानीयहरुले वीरगञ्जमा सांकेतिक विरोध प्रदर्शन गरेका हुन् ।

जिल्ला प्रशासन कार्यालय पर्साले विगत १ महिनादेखि वीरगञ्जमा लगाएको निषेधाज्ञाका कारण व्यापार व्यवसाय चौपट हुनुका साथै दैनिक ज्यालादारी गरेर आफ्नो जिविकोपार्जन गर्नेहरुलाई दुई छाक खान समेत समस्या पर्न थालेको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);