विद्यालयमा संचालित क्वारेन्टीन रित्तिएपनि निर्मलीकरण भएनन् | ईमाउण्टेन समाचार

Our Network

मंसिर १७ २०८१, सोमबार

विद्यालयमा संचालित क्वारेन्टीन रित्तिएपनि निर्मलीकरण भएनन्

महोत्तरी,६ भदाै । बाह्य जिल्लाबाट आउने तथा संक्रमितको संख्या बढ्न थालेपछि महोत्तरीका विभिन्न विद्यालयहरुमा स्थापना गरिएका क्वारेन्टिनहरु गएको असारको शुरुदेखि हटाइएको हो । तर, विद्यालयबाट क्वारेन्टिन हटाइएको १ महिना भन्दा बढी भएपनि विद्यालयमा निर्मलीकरण गरिएको छैन । यसको साथै क्वारेन्टीन खर्च समेत सार्वजनिक गरिएको छैन ।

महोत्तरीका विद्यालयमा संचालनमा गरिएका क्वारेन्टीनहरु गत असारमा हटाइएको हो । क्वारेन्टीन हटाएको एक महिना बढी भएपनि विद्यालयमा निर्मलीकरण गरिएको छैन।क्वारेन्टीनमा बसेका शंकास्पद संक्रमित तथा कोरोना पोजिटिभले प्रयोग गरेका म्याट, तकीया र लुगाकपडाहरु विद्यालयको प्राङगणमा छरपस्ट छन् ।

संक्रमितले समेत प्रयोग गरेका सामाग्रीहरु छरपस्ट फालिदा संक्रमणको डरमा स्थानीय छन् । महोत्तरीका १५ स्थानीय तहका सामुदायिक विद्यालयमा क्वारेन्टीन सञ्चालन गरिएको थियो । तर, नयाँ आर्थिक वर्षसँगै सञ्चालन गरिएका क्वारेन्टीन बन्द गरिएको छ ।

क्वारेन्टीन व्यवस्थापनको अर्थ संक्रमित राखिएका स्थानको निर्मलीकरण गर्नुपनि हो । तर, स्थानयी सरकारले क्वारेन्टीन खाली गरेपनि यस्को निर्मकरणसहित खर्च सार्वजनिक समेत गरेका छैनन् । संक्रमितको दर घटेको छैन । जिल्लामा संक्रमितसंगै भारतबाट निर्वादरुपमा महोत्तरी आवतजावत भइरहेको छ ।

संक्रमणको दर यसैगरी बढ्दै गए पुनः तिनै विद्यालय पुनः क्वारेन्टीन संचालन गर्ने अवस्था छ । तर, निर्मलीकरण नगरी पुनः क्वारेन्टीन संचालन गर्ने स्थानीय सरकारको जवाफ छ ।कोरोना महामारी रोकथाम तथा नियन्त्रणका लागि संघीय, प्रदेश र स्थानीय सरकारले करोडौ खर्च गरेका छन् । तर, त्यो खर्च के कति भएको छ ? यसको विषयमा कोही कसै बोल्न चाहादैन ।

सरकारी खर्चको अपारदर्शीतासंगै विद्यालय निर्मलीकरणले स्थानीयमा त्रास र आशंका बढाएको छ । यसर्थ कोरनोका नाउमा भइरहेका यस्ता अनिर्णित व्यवहारको विषयमा जिम्मेवारहरुको ध्यान बेलैमा पुग्न आवश्यक छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);