राष्ट्रकवि घिमिरेको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि | ईमाउण्टेन समाचार

Our Network

मंसिर ९ २०८१, आइतबार

राष्ट्रकवि घिमिरेको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि

काठमाडौं, ३ भदौ । राष्ट्रकवि माधवप्रसाद घिमिरेको राष्ट्रिय सम्मानका साथ पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ । बुधबार राष्ट्रपति घिमिरेको पशुपति आर्यघाटमा राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि गरिएको हो ।

नेपाली सेनाका एक अधिकृतको नेतृत्वमा रहेको टुकडीले सम्मान गारदसहित उहाँको अन्त्येष्टि गरिएको हो । त्यसअघि राष्ट्रकविको निवासमै पुगेर उपप्रधनमन्त्री एवं रक्षामन्त्री ईश्वर पोखरेलले राष्ट्रिय झण्डा आढाएर श्रद्धाञ्जली अर्पण गर्नुभएको थियो । यस्तै संस्कृति पर्यटन तथा नागरिक उड्ययनमन्त्री यागेश भट्टराईसहित विभिन्न मन्त्रीहरुपनि उहाँको निवासमै पुगेर श्रद्धाञ्जली अर्पण गरेका थिए ।

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, पूर्वप्रधानसेनापति राजेन्द्र क्षेत्री लगायतका व्यक्तित्वपनि श्रद्धाञ्जली अर्पण गर्न उहाँको निवास कपुरधारा पुग्नुभएको थियो । उहाँको मंगलबार साँझ ५ बजेर ५५ मिनेटमा निधन भएको थियो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);