काठमाडौं, ६ असोज । कार्यबहाक प्रधानमन्त्री एवम् नेपाल लोकतान्त्रिक फोरमका अध्यक्ष विजयकुमार गच्छदारले संविधान कार्यान्वयनको काम सफलतापूर्वक अघि बढिरहेको बताएका छन् ।
कार्यबहाक प्रधानमन्त्री गच्छदारले प्रदेश नम्बर २ को स्थानीय तह निर्वाचनमा असन्तुष्ट दलहरुले पनि भाग लिनु मुलुकका लागि सुःखद् क्षण भएको पनि बताए । शुक्रबार प्रमुख विद्यार्थी संगठनका नेतृत्वसँगको सामूहिक भेटमा उनले मुलुकलाई सही दिशा दिन युवा, विद्यार्थीहरुको भूमिका निर्णायक हुने पनि उल्लेख गरे।
कार्यबहाक प्रधानमन्त्री गच्छदारले शिक्षा ऐनको नवौं संशोधन विधेयक संसदबाट पारित भईसकेकाले यसमा पुनर्विचार गर्न राजनीतिक दलहरुबीच पुनः छलफल हुनुपर्ने आवश्यक्ता औंल्याए । प्रमुख विद्यार्थी संगठनहरुले मुलुकको शैक्षिक क्षेत्रलाई ध्वस्त बनाउने गरी विधेयक पारित भएको भन्दै फिर्ता लिन माग गर्दै कार्यबहाक प्रधानमन्त्री गच्छदारलाई ज्ञापन पत्र बुझाएका थिए ।