एजेन्सी, ६ असोज । विश्वको सबैभन्दा धनी महिला लिलियन बेट्टेनकोर्टको बिहीबार निधन भएको छ ।
विश्व प्रख्यात लोरियल कम्पनीकी फ्रान्सेली मालिक बेट्टेनकोर्टको बिहीबार ९४ वर्षको उमेरमा मृत्यु भएको हो । उनी सो कम्पनीमा १५ वर्षको उमेर देखि कार्यरत थिइन् । उनका पिता कम्पनीका सञ्चालक थिए ।
बोथ फोबर्स र द ब्लुमबर्ग बिलिनीयरको सूचीमा उनको नाम शिर्ष स्थानमा रहेको थियो । उनको मासिक कमाई झण्डै ४४ मिलीयन डलर रहेको उक्त तथ्याकंले जनाएको छ ।
लोरियल कम्पनीले अहिले ल्यानकम, गार्निएर र ला रोचे पोसे जस्ता ब्राण्डहरु समेत विश्वबजारमा ल्याएको छ ।