शिक्षाबाट वञ्चित बालबालिकाको लागि सहयोग गर्नेः संयुक्त राष्ट्र संघ | ईमाउण्टेन समाचार

Our Network

फागुन २५ २०८२, मंगलबार

एजेन्सी, ६ असोज । तराई लगाएत अन्य बाढि प्रभावित जिल्लाका ८० हजार बालबालिका शिक्षाबाट वञ्चित भएको कुरालाई गम्भिरता पुर्वक लिँदै संयुक्त राष्ट्र संघले सहयोग गर्ने प्रतिबद्वता जनाएको छ ।

नेपालमा २ वर्ष अघि आएको भुकम्प र तराईमा हालै आएको बाढीका कारण हजारौँ बालबालिका विद्यालय छाड्न बाध्य भएको विश्वव्यापी शिक्षाका लागि राष्ट्रसंघका विशेष दुत गोर्डन ब्राउनको भनाई थियोे । उनले नेपालबाट बर्षेनी कैयौँ बालबालिका भारतमा बेचिने गरेको भन्दै चिन्ता व्यक्त गरेका छन् ।

पुर्व ब्रिटिस मन्त्री समेत रहेका ब्राउनले आफ्ना घर छाड्न बाध्य भएर शिक्षाबाट वञ्चित भएका र शोषणको जोखिममा रहेका विश्वभरका ३ करोड बालबालिकाको चर्चा गर्ने क्रममा नेपालको प्रसंग उठाएका थिए । विश्वमा हरेक ६ सेकेण्डमा एकजना बालबालिका विस्थापित भइरहेको र ७ करोड ५० लाख जति बालबालिका आपतकालीन अवस्थामा मानवीय सहायता पर्खिरहेको तथ्यांक राष्ट्रसंघले प्रस्तुत गरेको छ।