ओलीको तीनवर्षे कार्यकाल : राजनीतिक मुद्दामा एकजुट, कार्यशैलीमा प्रश्नै-प्रश्न | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

ओलीको तीनवर्षे कार्यकाल : राजनीतिक मुद्दामा एकजुट, कार्यशैलीमा प्रश्नै-प्रश्न

kp oli

काठमाडौं, ६ असोज । एमाले अध्यक्षका रुपमा केपी ओलीले तीन वर्षको कार्यकाल पूरा गरेका छन् । ०७१ असारमा सम्पन्न नवौं महाधिवेशनमा प्रतिस्पर्धी नेता माधवकुमार नेपाललाई ४४ मतले पराजित गरेर अध्यक्ष बनेका ओलीले नौ महिना प्रधानमन्त्री बनेर मुलुकको नेतृत्वसमेत सम्हाल्ने अवसर पाए।

उतारचढावयुक्त राजनीतिक घटनाक्रमकै वेला पार्टी र मुलुकको नेतृत्व सम्हालेका उनको तीनवर्षे कार्यकालबारे एमालेवृत्तमै विभिन्न कोणबाट समीक्षा हुन थालेको छ। साउन पहिलो साता अध्यक्षको कार्यभार सम्हालेका ओलीका लागि केन्द्रीय कमिटिमा स्पष्ट बहुमत छ। प्रतिष्पर्धी माधव नेपाल समूहले पनि उनको निर्णयमा अवरोध गरेको देखिँदैन। एजेन्डा कार्यान्वयनमा ओलीको कमजोरीको खुलेर आलोचना गरे पनि राजनीतिक एजेन्डामा उनको नेतृत्व औसत सफल रहेको नेपाल समूहकै नेताहरुको विश्लेषण छ।

एमालेको केन्द्रीय कमिटि, पोलिटव्युरो र स्थायी समितिमा संस्थापन (ओली पक्ष) बहुमतमा छ । २३ सदस्यीय स्थायी समितिमा १२ संस्थापन र १० जना नेपाल पक्षका छन् । वरिष्ठ नेता खनाल कहिले तटस्थ त कतिपय मुद्दामा नेपाललाई सघाउँदै आएका छन्।

नेपालनिकट नेता अमृत बोहोरा पदेन सदस्यको हैसियतमा छन् । ६६ सदस्यीय पोलिटब्युरो र दुई सय ६ सदस्यीय केन्द्रीय कमिटिमा संस्थापनकै बहुमत छ। तर, ७५ जिल्ला कमिटिमध्ये ३४ जिल्लाका अध्यक्ष नेपाल पक्षमा र ३१ जिल्लामा संस्थापन पक्षको पकड छ। बाँकी जिल्लाका अध्यक्ष भने कतै खुलेका छैनन् । २२ भातृ संगठनमध्ये अधिकांशमा संस्थापनकै पकड छ। आजको नयाँ पत्रिका दैनिकमा खबर छ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);