काठमाडौं, २० साउन । नेपाली बजारमा सुनको भाउले नयाँ रेकर्ड बनाएको छ । मंगलबार छापावाल सुनको मूल्य प्रतितोला ९९ हजार ८ सय पुगेर नयाँ रेकर्ड कायम गरेको हो ।
सोमबार प्रतितोला ९९ हजार ६ सयमा कारोबार भएको सुन मगलबारं २ सयले बढेर नयाँ रेकर्ड कायम गरेको हो। त्यसैगरी तेजावी सुन प्रतितोला ९९ हजार ३ सय ७५ रुपैँयामा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यस्तै चाँदी प्रतितोला १२ सय ३० प्रतितोलामा कारोबार भइरहेको महासंघले बताएको छ। चाँदी सोमबारपनि सोही मूल्यमा कारोबार भएको थियो ।
अन्तर्राष्ट्रिय बजारमा पनि सुनको भाउ निरन्तर उकालो लागि रहेको छ । आज अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस १९ सय ७५ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।