अमेरिकाद्वारा चीनको चेङ्दु सहरस्थित वाणिज्य दूतावास खाली | ईमाउण्टेन समाचार

Our Network

असार १७ २०८१, आइतबार

अमेरिकाद्वारा चीनको चेङ्दु सहरस्थित वाणिज्य दूतावास खाली

us consulate china

एजेन्सी, १२ साउन । अमेरिकाले चीनको चेङ्दु सहरस्थित अमेरिकी वाणिज्य दूतावास खाली गर्न सुरु गरेको छ । चीनले बन्द गर्न आदेशदिएपछि चेङ्दुस्थित अमेरिकी वाणिज्य दूतावास कुटनितिज्ञहरु बाहिरन थालेका छन् भने बाट सामान हटाउन थालिएको छ  ।

अमेरिकाको ह्युस्टनस्थित चिनियाँ वाणिज्य दूतावास बन्द गर्न अमेरिकाले आदेश दिएको प्रत्युत्तरमा चीनले पनि चेङ्दुस्थित अमेरिकी वाणिज्य दूतावास बन्द गर्न आदेश दिएको थियो । दुवै मुलुकले वाणिज्य दूतावासमार्फत एक–अर्काविरुद्ध जासुसी गरेको र राष्ट्रिय सुरक्षामाथि खतरा उत्पन्न भएको आरोप लगाउँदै आएका छन् ।

चेङ्दुको अमेरिकी वाणिज्य दूतावास कहिले बन्द हुन्छ भन्नेबारे भने अझै स्पष्ट भइनसकेको जनाइएको छ । तर दूतावासमा राखिएका प्रतीक तथा निसान हटाउन थालिएको अन्तराष्ट्रिय संचार माध्यमहरुले जनाएका छन् । दूतावास परिसरमा हाल अमेरिकी झन्डा मात्र देख्न सकिन्छ । दुई साताअघि चीनले हङकङका लागि नयाँ सुरक्षा कानुन जारी गरेपछि दुई देशबीचको तनाव उत्कर्षमा पुगेको हो ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कोरोना भाइरस विश्वव्यापी रूपमा फैलिनुमा चीन जिम्मेवार रहेको आरोप लगाउदै आउनु भएको छ । त्यस्तै चीनका व्यापारिक प्रतिष्ठानले अमेरिकाको बौद्धिक सम्पत्ति चोरी गरेको उहाँको दाबी छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);