विषालु च्याउ खाँदा आठ वर्षीय बालकको मृत्यु, चार जना बिरामी | ईमाउण्टेन समाचार

Our Network

पुष ६ २०८१, शनिबार

विषालु च्याउ खाँदा आठ वर्षीय बालकको मृत्यु, चार जना बिरामी

bishalu chyau

डडेल्धुरा, १२ साउन । डडेल्धुरामा विषालु च्याउ खाँदा बालकको मृत्यु भएको छ। डडेल्धुरा जिल्लाको नवदुर्गा गाउँपालिकामा वडा नम्बर-३ मा जंगलबाट टिपेको विषालु च्याउ खाँदा ८ वर्षीय बालक ललित धामीको मृत्यु भएको हो।

धामीलाई उपचारका लागि सेती प्रादेशिक अस्पताल ल्याउँदै गर्दा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ। उनको शव परीक्षणका लागि सेती अस्पतालमै राखिएको छ।

यस्तै च्याउ खादा मृतककी आमा बिस्ना धामी र तीन दिदीबहिनी बिरामी परेका छन । उनीहरुको पनि सेती प्रादेशिक अस्पतालमा उपचार भईरहेको छ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);