युवतीमाथि एसिड प्रहार गर्ने २ जना आरोपी सार्वजनिक | ईमाउण्टेन समाचार

Our Network

मंसिर ११ २०८१, मंगलबार

युवतीमाथि एसिड प्रहार गर्ने २ जना आरोपी सार्वजनिक

acid prahar garne pakrau

काठमाडौं, ९ साउन । काठमाडौंको सितापाइलामा युवतीमाथि एसिड प्रहार गर्ने २ जनालाई प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको छ । बिहीबार साँझ करिब ८ बजेटतिर युवतीमाथि एसिड प्रहार गर्ने २ जनालाई महानगरीय प्रहरी परिसर र महानगरीय अपराध अनुसन्धानको टोलीले गएराति नै पक्राउ गरेको थियो ।

पक्राउ परेका रौतहटको लक्ष्मीपुर घर भइ डल्लु बस्ने मोहम्मद आलम र भारत घर भई डल्लुमा कालीगढको काम गर्ने मुन्ना मोहम्मदलाई पत्रकार सम्मेलन गरी प्रहरीले सार्वजनिक गरेको हो । आलम डल्लुमा गारमेन्ट सञ्चालन गरेर बस्दै आएका थिए ।

महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी श्यामलाल ज्ञवालीका अनुसार पीडित युवतीका दिदि सोही गारमेन्टमा काम गर्दै आएकी थिइन् । पीडित युवति पवित्रा कार्कीले पनि केही समय सोही गारमेन्टमा काम गरेका कारण उनीहरुको पहिले देखि चिनजान रहेको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ ।

अभियुक्त आलमले युवतीलाई आफ्नो प्रभावमा पारेर अनुचित व्यवहार गर्न खोजेको अनुसन्धानबाट देखिएको एसएसपी ज्ञवालीले बताउनुभयो । अहिले युवती खतरामुक्त छिन् । यद्यपी चोट भने गम्भिर रहेको छ । उनको कीर्तिपुरमा उपचार भइरहेको छ । लकडाउन खुलेपछि आपराधिक घटना बढ्न सक्ने भन्दै उपत्यकामा व्यापक प्रहरी परिचालन गरिएको उहाँले बताउनुभयो ।

नागरिकको सहयोगले मात्रै यस्ता घटनाहरु नियन्त्रण गर्न सकिने भएकाले प्रहरीलाई सहि सूचना दिएर सहयोग गर्न एसएसपी ज्ञवालीले सबैमा आग्रह समेत गर्नुभएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);