कोरोनाविरूद्दको भ्याक्सिन तयार, डब्ल्यूएचओद्धारा अक्सफोर्डका वैज्ञानिकहरूलाई बधाई ज्ञापन | ईमाउण्टेन समाचार

Our Network

पुष ९ २०८१, मंगलबार

कोरोनाविरूद्दको भ्याक्सिन तयार, डब्ल्यूएचओद्धारा अक्सफोर्डका वैज्ञानिकहरूलाई बधाई ज्ञापन

काठमाडौं, ६ साउन। विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले कोरोना भाइरसविरूद्द अक्सफोर्ड विश्वविधालयका वैज्ञानिकहरूले भ्याक्सिन तयार पारेकोमा बधाई दिएको छ ।

डब्ल्यूएचओका प्रमुख डा. टेड्रोस एदनहोम गेबे्रयासिसले विश्वका वैज्ञानिहरूले कोरोनाका लागि भ्याक्सिन बनाउनु सकारात्मक भन्दै भ्याक्सिनले सफलता पाउनुपर्नेमा जोड दिनुभयो ।

कोरोना भाइरसका लागि हालसम्म विश्वमा २३ प्रकारको भ्याक्सिन बनेको भन्दै उहाँले भ्याक्सिन पहुँच हुनेले मात्रै प्रयोग गर्ने हुनाले क्षमता नहुनेले भ्याक्सिन प्रयोग गर्नबाट बञ्चित बन्नु परेको दुःखद् पक्ष भएको बताउनुभयो ।

यसैबीच, डब्ल्यूएचओका कार्यक्रम निर्देशक डाक्टर माइक रेयानले जेनेभामा पत्रकार सम्मेलन गरी कोभिड–१९ को महामारी अझै जारी रहेको बेला यसविरूद्द लड्नु चुनौतीको रूपमा रहको भन्दै विश्वको ध्यान केन्द्रित गर्नु भएको छ ।

भ्याक्सिनको नाममा राजनीति हुनु ठीक नभएको भन्दै उहाँले विश्वभरका वैज्ञानिकहरूको प्रयासको प्रशंसा गर्दै आगामी दिनमा कोरोनोको लागि सही भ्याक्सिन तयार पार्नमा सफलता मिलोस् भन्ने कामना पनि गर्नुभएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);