काठमाडौं, ५ साउन । नेपालमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या १७ हजार ८ सय ४४ पुगेको छ । सोमबार १ सय ८६ जना नयाँ संक्रमित थपिएसँगै संक्रमितको संख्या १७ हजार ८ सय ४४ पुगेको हो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा सोमबार आयोजित नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डाक्टर जागेश्वर गौतमले देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा विभिन्न जिल्लाका गरी १ सय ८६ जनामा संक्रमण पुष्टि भएको जानकारी दिनुभयो ।
मन्त्रालयका अनुसार हालसम्म पीसीआर विधिबाट ३ लाख १९ हजार ८ सय ७२ जनाको नमूना परीक्षण भएको छ । त्यसैगरी, अहिलेसम्म कुल संक्रमितमध्ये ११ हजार ८ सय ६८ जना उपचारपछि निको भएर घर फर्किएका छन् ।
हाल, देशैभर गरेर २२ हजार २ सय २८ जना क्वारेन्टिनमा रहेका छन् भने आइसोलेसनमा ५ हजार ९ सय ३६ जना रहेका छन्।