बंगलादेशको क्रिकेट टिम अभ्यासमा फर्कियो | ईमाउण्टेन समाचार

Our Network

मंसिर १५ २०८१, शनिबार

बंगलादेशको क्रिकेट टिम अभ्यासमा फर्कियो

काठमाडौं, ४ साउन । बंगलादेशको क्रिकेट टिम आइतबारबाट अभ्यासमा फर्किएको छ । कोरोना भाइरसका कारण स्थगित रहेको बंगलादेशको क्रिकेट टोलीले आइतबारबाट अभ्यास सुरु गरेको बंगलादेश क्रिकेट बाेर्डले जनाएको छ ।

पाकिस्तान, श्रीलङ्का, र अफगानिस्तानपछि दक्षिण एसियामा बंगलादेशको टिम अभ्यासमा फर्किएको हो । पहिलो चरणमा नौँ जना खेलाडीले चार अलग–अलग ठाउँमा अभ्यास सुरु गरेका जनाइएको छ ।

यसमा पूर्व कप्तान मुश्फिकुर रहिम, इमरुल कायस, मोहम्मद मिथुन र शफीउल इस्लामले ढाकामा अभ्यास सुरु गरेका छन् । त्यसैगरी, अन्य खेलाडीले सिलहट र चट्गाउँमा अभ्यास सुरु गरेका छन् ।

ढाकाको शेर–ए–बांग्ला नेशनल क्रिकेट एकेडेमीमा, चट्गाउँको जहुर अहमद चौधरी र सिलहटको इन्टरनेशनल क्रिकेट स्टेडियममा अभ्यास सुरु भएको हो ।

त्यसैगरी, शेख अबु नासेर स्टेडियममा अभ्यास हुने छ । बंगलादेश क्रिकेट बोर्ड बीसीबीका अनुसार ढाकाको शेर–ए–बांग्ला क्रिकेट स्टेडियममा अभ्यास गर्ने खेलाडीले जिम सेशनका साथै इन्डोर सेन्टर ब्याटिङको पनि अभ्यास गर्न पाउने छन् ।

अरु तीन स्टेडियममा जिम र दौडने मात्रै सुविधा रहेको जनाइएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);