थप १ सय १ जनामा कोरोना संक्रमण, २ सय ८५ जना डिस्चार्ज | ईमाउण्टेन समाचार

Our Network

फागुन १५ २०८१, बिहीबार

थप १ सय १ जनामा कोरोना संक्रमण, २ सय ८५ जना डिस्चार्ज

coronavirus test

काठमाडौं, २ साउन । शुक्रबार १ सय १ जना नयाँ संक्रमित थपिँदा २ सय ८५ जना डिस्चार्ज भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार आजसम्म नेपालमा १७ हजार ४ सय ४५ कोरोना संक्रमित मध्ये ११ हजार ५ सय ३४ जना संक्रमित निको भएर घर फर्किएका छन् ।

पीसीआर विधिबाट शुक्रबार ४ हजार ६ सय ८८ जनाको कोरोना परीक्षण भएको छ । आजसम्म ३ लाख ३ हजार ८ सय १० जनाको पीसीआर विधिबाट कोरोना परीक्षण भएको छ । क्वारेन्टीनहरुमा २२ हजार ७ सय ५६ जना रहेका छन् । अहिले ५ हजार ८ सय ७१ जना देशका विभिन्न अस्पतालका आइसोलेसनमा उपचाररत रहेका छन् ।

त्यस्तै नेपालमा कोरोना भाइरस (कोभिड—१९) बाट थप एक जनाको मृत्यु भएको छ । मन्त्रालयका अनुसार सप्तरीका ७३ वर्षिय वृद्धको कोरोनाका कारण मृत्यु भएको हो ।

बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचाररत ७३ बर्षिय वृद्धको कोरोनाका कारण मृत्यु भएको प्रवक्ता डा. जागेश्वर गौतमले बताउनुभयो ।  यो सँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ४० पुगेको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);