लिभरपुलले घरेलु मैदानमा प्रिमियर लिगको ट्रफि उचाल्ने | ईमाउण्टेन समाचार

Our Network

फागुन ६ २०८१, मंगलबार

लिभरपुलले घरेलु मैदानमा प्रिमियर लिगको ट्रफि उचाल्ने

एजेन्सी, १ साउन । इंग्लिस प्रिमियर लिग च्याम्पियन टोली लिभरपुललाई घरेलु मैदानमै उपाधि ट्रफी प्रदान गरिने भएको छ । लिगका सबै खेल सकिनु अघिनै च्याम्पियन भइसकेको रहेको लिभरपुलले जुलाई २२ मा घरेलु मैदान एनफिल्डमा उपाधि उचाल्ने भएको हो ।

लिग अन्तर्गत चेल्सीविरुद्धको खेलपछि लिभरपुलले उपाधि उचाल्ने भएको हो । सिजनको अन्तिम खेल न्युकासलसँग उसैको मैदान खेल्ने भएको कारण लिभरपुललाई एक खेल अगाबै ट्रफी दिन लागिएको हो । तर, लिभरपुलले ट्रफी उचाल्दा समर्थकहरु भने हुने छैनन् । कोरोना भाईरसको महामारीको कारण खेल बन्द रंगशालामा भईरहेको छ ।

उपाधि समारोह पनि बन्द रंगशालामा हुनेछ । लिभरपुलले ३० वर्षपछि प्रिमियर लिगको उपाधि जितेको हो । यस अघि लिभरपुलले सन् १९८९ र ९० को सिजन प्रिमियर लिगको उपाधि जितेको थियो । यस सिजन लिभरपुल दोस्रो स्थानको म्यानचेस्टर सिटी भन्दा १८ अंकले अघि रहेको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);