एजेन्सी, ५ असोज । मारिया आँधीका कारण अमेरिकी मुलुक पोर्टो रिको टापुका ३५ लाख जनसंख्या प्रभावित भएको बीबीसीले जनाएको छ । आँधीका कारण विद्युत् अबरुद्व भएको छ ।
अमेरिकी नेशनल हुरिकेन सेन्टरका अनुसार आँधी पछि आएको बाढीले टापुको कैयौँ भाग बगाएको छ ।
मारिया आँधी टापुबाट बिस्तारै बाहिर निस्कदैँ गरेको अधिकारीहरुले जानकारी दिएका छन् । यसको शक्ति क्याटेगोरी २ को बनेको छ ।
सो टापुमा अन्य कुनै आपराधिक क्रियाकलाप नहोस् भन्ने हिसाबले साँझ ६ बजेदेखि कर्फ्यु लगाइएको छ ।
मारिया आँधीका कारण डोमिनिका टापुमा १४ जनाको मृत्यु भएको थियो । अहिले डोमिनिकामा खाना, पानी , बिजुली लगाएतका अत्यावश्यक वस्तुको अभाव भएको कारण लुटपाट बढेको अधिकारीहरुले जानकारी दिएका छन् ।