काठमाडौं, २६ असार । अखिल नेपाल फुटबल संघ (एन्फा) ले नेपाली सेनाको जंगी अड्डा परिसरमा रहेको खेलकुद मैदानको स्तरोन्नतिको लागि सहयोग गरेको छ। एन्फाका अध्यक्ष कर्मा छिरिङ्ग शेर्पाले सहयोग स्वरुप आवश्यक सामग्री प्रधानसेनापति महारथी पूर्णचन्द्र थापालाई हस्तान्तरण गर्नु भएको हो
।
एन्फाले सेनाको जंगी अड्डामा रहेको मैदानको भीभीआईपी प्यारापिटमुनि रहेको २ वटा खेलाडी चेन्जिङ रुम र रेफ्री चेन्जिङ रुम सेनालाई हस्तान्तरण गरेको हो ।
एन्फाले खेलाडी चेन्जिङ रुमलाई कार्पेट, रंग रोगन गर्नुका साथै खेलाडीलाई आवश्यक पर्ने व्यक्तिगत लकरसहित ड्रयर, फिजियोथेरापी बेड, फ्रिज राखेको छ । यस्तै रेफ्री चेन्जिङ रुममा व्यक्तिगत लकरसहित ड्रयर, सोफा टेबल लगायत आवश्यक सामग्री उपलब्ध गराएको छ ।





