अमेरिकामा अनलाइन कक्षा लिइरहेका विदेशी विद्यार्थीलाई स्वदेश फर्काइने | ईमाउण्टेन समाचार

Our Network

मंसिर १९ २०८१, बुधवार

अमेरिकामा अनलाइन कक्षा लिइरहेका विदेशी विद्यार्थीलाई स्वदेश फर्काइने

एजेन्सी, २३ असार । अमेरिकी विश्वविद्यालयले कोरोना महामारीका कारण अनलाइन कक्षा सुरु गरेसँगै त्यहाँ अध्यननरत विदेशी विद्यार्थीहरुलाई स्वदेश फर्काइने भएको छ । कोरोना भाइरसका कारण अमेरिकी विश्वविद्यालयले संचालन गरिरहेका अनलाइन कक्षालाई निरन्तरता दिने भएपछि अमेरिकाले विदेशी विद्यार्थीहरूको भिसा आगामी सेप्टेम्बरदेखि रद्द गर्ने भएको हो ।

अमेरिकी अध्यागमन एवम् भन्सार एजेन्सी आईसीईले यो नियम नमान्नेहरूलाई देशनिकाला समेत गर्न सकिने बताएको छ । आईसीईको स्टुडेन्ट एन्ड एक्स्चेन्ज भिजिटर प्रोग्रामले यसवर्ष सेप्टेम्बरसम्म विदेशी विद्यार्थीहरूलाई आवासीय अनुमति दिने तर सेप्टेम्बरदेखि अनलाइन कक्षामात्रै लिने विद्यार्थीहरूको भिसा रद्द गर्ने बताएको छ ।

अमेरिकाको हार्भर्ड लगायत थुप्रै विश्वविद्यालयले नयाँ शैक्षिक सत्रमा सबै कक्षाहरू अनलाइन गर्ने भएपछि यस्तो व्यवस्था गरिने तयारी भएको हो । यो नियम एफवान भनिने अध्ययन भिसा र एमवान भनिने व्यावसायिक तालिमका विद्यार्थी भिसा भएकाहरूलाई लागु हुनेछ । अमेरिकी वाणिज्य मन्त्रालयका अनुसार सन् २०१८ मा विदेशी विद्यार्थीहरूले अमेरिकी अर्थतन्त्रमा ४५ अर्ब डलर योगदान गरेका थिए ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);