काठमाडौं, २१ असार । नेपाल कम्युनिस्ट पार्टी नेकपाका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले सत्ता साझेदारीका लागि कांग्रेसको साथ मागेको खुलेको छ । कांग्रेसको जारी केन्द्रीय कार्यसमिति बैठकमा नेताहरुले नेकपाका नेता सुवास नेवाङसँग सभापतिको भेट किन भन्दै प्रश्न गरेपछि देउवाले यस्तो ब्रिफिङ गर्नुभएको हो।
प्रधानमन्त्री ओलीले सत्ता सहकार्यका लागि सुवास नेवाङलाई भेट्न पठाएको र अहिले जनताले नेकपालाई नै सत्ता संचालन गर्न म्याण्डेट दिएको भन्दै नेकपाले नै सरकार चलाउनुपर्ने जवाफ दिएको देउवाले बताउनुभयो ।
सभापति देउवाले यो कुरा आफूलाई भन्दा बढी जानकारी नेता मिनेन्द्र रिजाललाई थाहा भएको समेत जानकारी दिनुभयो । उहाँले ओलीसँग संसद अधिवेशन अन्त्यअघि टेलिफोटमा कुराकानी भएको तथा बालुवाटारमा पनि भेटवार्ता भएको बैठकलाई जानकारी गराउनुभएको छ ।