विद्यालयमा रेडियोबाट पढाइ सुरू | ईमाउण्टेन समाचार

Our Network

असोज ९ २०८१, बुधवार

विद्यालयमा रेडियोबाट पढाइ सुरू

कपिलवस्तु, १९ असार । कोरोना महामारीको कारण पठनपाठन ठप्प भएको अवस्थामा नेपालमै हटस्पटको रुपमा परिचित कपिलवस्तुको यशोधरा गाँउपालिकामा रेडियोबाट पढाइ सुरू भएको छ । करिब ४ महिनासम्म विद्यालय सञ्चालन हुन नसकेको तथा विद्यालयहरुमा क्वारेन्टीन बनाईएकोले पढाइलाई निरन्तरता दिन रेडियो पढाइ सुरू गरिएको हो ।

लामो समयको बन्दाबन्दीले पठनपाठन सञ्चालन हुन नसकेपछि कतिपय विद्यालयहरुले अनलाईनको माध्यमबाट पठनपाठन सुरु गरेका छन् । तर सबै विद्यार्थी अनलाईन शिक्षाको पहुँचमा नहुँदा यो प्रभावकारी हुन सकेन । यसको विकल्पमा कपिलबस्तुको यशोधरा गाँउपालिकामा अवस्थित अनरुद्ध पब्लिक उच्च माध्यमिक विद्यालयले भने रेडियोबाट पठनपाठन सुरु गरेको छ ।

कक्षा ४ देखी ८ सम्मका बिद्यार्थीहरुकालागि बिहान र बेलुका रेडियो बाट पढाउने ब्यवस्था गरिएको हो । रेडियो पहुँचमा समेत नभएका विद्यार्थिहरुलाई लक्षित गरी विभिन्न संघसंस्थाले ५५ र गाँउपालिकाले २० वटा रेडियो विद्यालयलाई सहयोग गरेको छ । एउटा रेडियाबाट पाँच जना विद्यार्थीले पढन पाउने व्यवस्था मिलाएको विद्यालयले बताएको छ । विद्यालयको क्षेत्रभित्र पर्ने ७५ वटा रेडियोबाट ३ सय ७५ जना विद्यार्थीले लाभ पाउने छन् । रेडियो कपिलबस्तुबाट कक्षा संचालन गरिएको हो ।

कोरोना महामारीमा समाजिक दुरी कायम गरी पढाई निरन्तरता दिनका लागि रेडियो पढाई कार्यक्रम सुरु गरिएकाे विद्यालयले जानकारी दिएको छ । सबै विद्यार्थीसँग रेडियो नभएकोले पढाईमा भएको ग्याप पुरा गर्न रेडियो बितरण गरिएको गाउँपालिकाले जनाएको छ ।

लामो समय बन्दाबन्दीको कारण शैक्षिक गतिविधि ठप्प भएपछि सरकारले नै अनलाईन, रेडियो तथा टेलिभिजनबाट पठनपाठन गर्ने निर्णय गरेको छ । अनलाइनको तुलनामा रेडियोको पहुँचमा धेरै विद्यार्थी भएकोले रेडियो शिक्षा प्रभावकारी हुने विश्वास गरिएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);