काठमाडौ, १८ असार । सरकारले वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति दिन थालेको छ । गत फागुन ३० गते देखि बन्द रहेको वैदेशिक रोजगारको लागि श्रम स्वीकृति दिने प्रक्रिया पुनः सुरु भएको हो ।
विदामा आएका कामदारलाई फेरि फर्किन श्रम स्वकृति दिन थालिएको हो । कामदारले काम गरिरहेको पूरानै रोजगारदाताकोमा काममा जान दिन अनुमति दिन थालएकिो हो । नयाँ कामदारले भने विदेश जान श्रम स्वीकृति पाउने छैनन् ।