ठेकेदार कम्पनीको लापरवाहीले लोकमार्ग अलपत्र | ईमाउण्टेन समाचार

Our Network

साउन २६ २०८१, शनिबार

ठेकेदार कम्पनीको लापरवाहीले लोकमार्ग अलपत्र

बागलुङ,१६ असार । राष्ट्रिय गौरवको आयोजनाको रूपमा रहेको मध्यपहाडी लोकमार्गको बागलुङ सदरमुकाम खण्डको काम ठेकेदार कम्पनीको लापरवाहीको कारणले अलपत्र परेको छ । कोरोना भाइरसको कारणले बन्दाबन्दी भएको भन्दै सरकारले म्याद थप गर्दा समेत काम नगरी ठेकेदार नै सम्पर्क विहिन भएपछि लोकमार्ग अलपत्र परेको हो ।

बागलुङ सदरमुकाम देखि काठेखोला गाउँपालीका सम्मको १२ किलोमिटर सडक कालोपत्रे गर्ने जिम्मेवारी लिएको सिद्धि शाही कन्स्ट्रक्सनले लकडाउनको बहाना बनाएर काम नगरेपछि राष्ट्रिय गौरवको आयोजनाको रूपमा रहेको मध्यपहाडी लोकमार्ग अलपत्र परेको छ । यसबाट सडकमा दैनिक यात्रा गर्ने हजारौँ यात्रुहरूले निकै कष्ट भोग्नु परेको छ । पटकपटक सरोकारवाला निकायलाई राखेर छलफल गरेपनि सडकको काम अगाडि बढ्न नसकेको हो ।

लोकमार्गकाे बागलुङ जिल्लामा पर्ने १ सय ४१ किलोमिटर मध्ये बागलुङको काठेखोला गाउपालिकाको अक्षेते देखी घोडाबाधे सम्मको काम सन्तोषजनक भएपनि बागलुङ बजार देखि अक्षेते सडक खण्डको काम भने ठप्प छ । सरकाले राष्ट्रि गौरवका आयोजनाको काम नरोक्न भने पनि लकडाउनको कारण देखाउदै निर्माण व्यवसायी भागे पछि वर्षातको समयमा सडक अलपत्र छ । पटकपटक म्याद थप गर्दा समेत कम्पनीले काम नगरेपछि संसदमा समेत आवाज उठाउँदा समेत कामले गति लिन नसकेको सांसदको भनाई छ ।

पटक पटक म्याद थप गर्दा समेत काम गर्न नसकेपछी कारवहीको सुचिमा परेका निर्माण व्यवसायीलाई बन्दावन्दीले पुन म्याद थप्ने अवसर जुरेको छ । पुन आगामी माघसम्म सम्पन्न गर्ने गरी म्याद थप गरेपनी काम नहुने देखिएको छ । बागलुङ वजार अक्षेते खण्डको सडक निर्माणको समेत जिम्मेवारी लिएको सिद्धि शाही कन्स्ट्रक्सने रुकुम खण्डमा समेत ठेक्का लिएर अलपत्र पारेको स्थानियको भनाई छ ।

मध्य पहाडी राजमार्गको बागलुङ खण्डको १ सय ४१ किलोमिटर सडक मध्ये अब ४२ किलोमिटर सडक कालोपत्रे गर्न बाकी छ । पाँचथर जिल्लाको पूर्वी भेगमा पर्ने चियाभञ्ज्याङबाट सुरु भई बैतडी जिल्लाको झुलाघाटमा गएर टुंगिने यस मध्यपहाडी लोकमार्ग निर्माणमा ठेकेदार कम्पनीको ढिलासुस्ती, निर्माण सामाग्रीको अभाव, मुआब्जा विवाद लगायतका कारणले समयमा काम हुन नसकेको हो ।

चियाभन्ज्याङ देखि झुलाघाटसम्म पुग्दा यो राजमार्गले पहाडका ३९ जिल्ला मध्ये २४ जिल्ला पार गर्छ । ती जिल्लामध्ये पनि १९ जिल्लाका सदरमुकाम छिचोलेर जाने भएपनि काम भने कछुवाको गतिमा सिमित छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);