समाचार | Page 1711 of 5975 | ईमाउण्टेन समाचार

Our Network

जेठ ११ २०८३, मंगलबार

समाचार

राष्ट्रिय संयुक्त जनआन्दोलन मोर्चाले जलायो संविधान

काठमाडौं । राष्ट्रिय संयुक्त  जनआन्दोलन मोर्चाले काठमाडौंको माइतीघरमा संविधान जलाएको छ। ३ असोज ०७२ मा जारी संविधान र दिनलाई कालो दिन र संविधान भन्दै मोर्चाले संविधान जनाएको हो । यो संविधानले संघीय गणतान्त्रिक व्यवस्था, धर्मनिरपेक्षलाई संस्थागत गरेको भन्दै मोर्चाले कालो संबिधानको संज्ञा दिएको हो ।

संविधान जलाउने क्रममा प्रहरी र प्ररदर्शनकारीबीच झडप भएको छ। प्रहरीले केही आन्दोलनकारीलाई पक्राऊ पनि परेका छन् ।

साउदीमा अवैधरुपमा रहेका ५८ जना नेपालीले पाए एक्जिट भीसा 

काठमाडौं। साउदी अरेबियामा विभिन्न कारण अवैधरुपमा रहेका ५८ जना नेपालीलाई स्थानिय प्रशासनले स्वदेश फर्किनको लागि वहिर्गमन (एक्जिट भीसा) प्रदान गरेको छ । सेप्टेम्बर १५ सम्ममा ती भीसा प्राप्त भएको साउदी अरबस्थित नेपाली दूतावासले जनाएको छ । साउदीका विभिन्न कम्पनी तथा प्रतिष्ठानहरुमा कार्यरत रहँदा साउदी आवासीय अनुमतिपत्र (इकामा) नवनाईएका वा नवीकरण नगरिएका वा हुरूब लगाइएका नेपालीहरुलाई स्वदेश फर्काउन आवश्यक वहिर्गमन भीसा का लागि दूतावासले अनुरोध गरेको थियो । दूतावासको अनुरोध गरेकामध्ये ५८ जनालाई एक्जिट भीसा दिइएको हो । एक्जिट भीसा आएकाहरुले दूतावासमा आएर आफ्नो एक्जिट भीसा लिएर जान दूतावासले अनुरोध गरेको छ ।
स्थानीय कानुनअनुसार एक्जिट भिसा लागेको ६० दिन भित्र अनिवार्य रूपमा साउदी अरब छोड्नु पर्ने हुन्छ ।

एक्जिट भीसा प्रोसेसिङ् निःशुल्क हुने भए पनि एक्जिट भीसा आइसकेपछि नेपाल फर्किने हवाई टिकट व्यक्ति स्वयंले व्यवस्था गर्नुपर्ने दूतावासले जनाएको छ ।

फाइनलमा यस्तो हुनसक्छ नेपालको प्लेइङ सेट

काठमाडौं। महिला साफ च्याम्पियनसिपले पहिलो पटक नयाँ च्याम्पियन पाउँदैछ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा साझ ५ बजे सुरु हुने खेलको विजेता साफको नयाँ च्याम्पियन बन्ने पक्का छ । आयोजक नेपाल र बंगलादेशबीच उपाधिको लागि भिडन्त हुँदैछ । नेपाल साफ च्याम्पियनसिपमा पाँच पटक फाइनल पुगेको टिम हो भने बंगलादेशको यो दोस्रो फाइनल हो । यसअघि साविक पाँच पटकको विजेता भारत सेमिफाइनलबाट बाहिरिसकेको छ । युवा र अनुभवी खेलाडीको सम्मिश्रणमा दुबै टोलीले उपाधि जित्ने योजना बनाएका छन् । नेपालका प्रशिक्षक कुमार थापा बंगलादेशविरुद्ध घरेलु दर्शकको बाक्लो उपस्थितिमा उपाधि जित्नेमा विश्वासी छन् । फाइनलमा भारतविरुद्ध उत्कृष्ट प्रदर्शन गरेका खेलाडीलाई नै बंगलादेशविरुद्ध विश्वास गर्नेछन् । यद्यपि, अनुभवी स्ट्राइकर सावित्रा भण्डारी र मिडफिल्डर मञ्जलीकुमारी योञ्जन टोलीमा फर्कनेछन् । तर, अघिल्ला दुबै खेलमा बाहिर रहेका सावित्रा र मञ्जलीलाई प्लेइङ सेटमा राख्ने योजनामा छैनन् । थापा अघिल्लो खेलमा टिमवर्क देखिएकाले सोहि टिमलाई मौका दिन सक्छन् ।गोलरक्षकको जिम्मेवारी अघिल्ला खेलझै कप्तान एन्जिला तुम्बाप्पो सुब्बाले निर्वाह गर्नेछिन् । नेपाली टिम ४–४–२ को रणनीतिमा उत्रने छ । डिफेन्डरमा अमृता जैशी, पुनम जर्घा मगर, गीता राई र हिराकुमारी भुजेल हुनेछन् । पुनम र गीताले सेन्ट्रल ब्याकमा हुनेछन् । यस्तै, अमृता राइट ब्याक र हिरा लेफ्ट ब्याकमा हुनेछन् । यता, मिडफिल्डरमा अनिता केसी, सरु लिम्बू, दीपा शाही र अनिता केसी हुनेछन् । केसी र बस्नेत क्रमशः राइट र लेफ्ट विंगरमा हुनेछन् । अट्याकर रश्मीकुमारी घिसिङ र प्रीति राईले नै अवसर पाउनेछन् । भारतविरुद्ध ऐतिहासिक जित निकाल्दा दुई खेलाडीको अग्रपंक्तिमा राम्रो तालमेल मिलेको थियो । यदि गोल ननिस्केको अवस्थामा सावित्राले पहिलो हाफ मै मौका पाउन सक्छिन् ।

फाइनलसँगै तीन खेलाडीले राष्ट्रिय महिला टिमबाट सन्यास लिँदैछन् । डिफेन्डर पुनमसहित मिडफिल्डरद्वय दीपा राई र इन्दिरा राईले सन्यास लिने बताएका छन् । तीन खेलाडी नेपाली सेनाको ‘मिसन’ मा जाँदैछन् । दीपाले सन्यास लिने याे सुनौलो अवसर रहेको बताइन् ।

नेपालको सम्भावित टिम
गोलरक्षकः एन्जिला तुम्बाप्पो सुब्बा
डिफेन्डरः अमृता जैशी, पुनम जर्घा मगर, गीता राना, हिराकुमारी भुजेल
मिडफिल्डरः अनिता केसी, सरु लिम्बू, दीपा शाही, अनिता बस्नेत
स्ट्राइकरः रश्मीकुमार घिसिङ, प्रीति राई

गणतन्त्र दिवसमा कलाकारमध्ये क–कसले पाए पदक ? 

काठमाडौं। गणतन्त्र दिवसको अवसरमा सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले आज विभिन्न मानपदवी, अलङ्कार र पदकबाट विभूषित हुने ९९८ जनाको नाम घोषणा गरेकी छन् । यसरी घोषणा गरिएका व्यक्तिलाई आगामी २०८० वैशाख १ गते नयाँ वर्षको दिन राष्ट्रपतिबाट ती मानपदवी, अलङ्कार र पदक प्रदान गरिन्छ । अघिल्ला वर्षहरुमा जस्तै यसवर्ष पनि मानपदवी, अलङ्कार र पदक पाउनेको सूचिमा थुप्रै कलाकारहरुको नाम समेटिएको छ । यसवर्ष चार जना कलाकारलाई सुकीर्तिमय राष्ट्रदीप दिने घोषणा गरिएको छ । सुकीर्तिमय राष्ट्रदीप पाउनेमा वरिष्ठ कलाकार नीर शाह, नायक राजेश हमाल, कलाकारद्वय हरिवंश आचार्य र मदन कृष्ण श्रेष्ठ रहेका छन् । राष्ट्रपतिले सुप्रबल जनसेवाश्री अभिनेता अर्जुन श्रेष्ठलाई दिने घोषणा गरेकी छन् । अभिनेता तथा निर्देशक कृष्ण कुमार मल्ल र कलाकार मिथिला शर्मालाई कीर्तिमय राष्ट्रदीप दिने घोषणा गरिएको छ ।

यस्तै प्रबल जनसेवाश्री अभिनेता तथा निर्देशक निर्मल शर्मा र कलाकार दयाहाङ राईलाई दिने घोषणा गरिएको छ । कलाकार प्रदीप खड्का, निर्देशक माधव राज खरेल, नृत्य निर्देशक शिवराम बिक, निर्देशक रमेश कोइराला, कलाकार सनम कठायत, अभिनेता कुमार बस्नेत र कलाकार मनोहर सुनाम परियारलाई जनसेवाश्री दिने राष्ट्रपतिले घोषणा गरेकी छन् ।

नेपाल सेवा प्रवीण पाउनेको सूचीमा कलाकार सानु कान्छा शाही, प्रभाकार शर्मा, इन्द्र बहादुर खत्री र कष्ण बहादुर बिकको नाम रहेको छ ।

सुनचाँदीको मूल्य घट्यो  

काठमाडौं। सुनचाँदीको मूल्य घटेको छ। आइतबारको तुलनामा सोमबार सुनचाँदीको मूल्य घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । आइतबार प्रतितोला ९१ हजार ८०० रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य सोमबार तोलामा ४०० रुपैयाँले घटेर ९१ हजार ४०० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

तेजावी सुन प्रतितोला ९० हजार ९०० रुपैयाँमा कारोबार भइरहेको छ ।

त्यसैगरी, चाँदीको मूल्य पनि घटेको छ । सोमबार चाँदी तोलामा १० रुपैयाँले घटेर प्रतितोला ११ सय ७५ रुपियाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

जिल्ला अदालत खोटाङले फाष्ट ट्रयाकमा मुद्दा फैसला गर्ने

खोटाङ। जिल्ला अदालत खोटाङले फाष्ट ट्रयाकमा मुद्दा फैसला गर्ने नीति अवलम्बन गरिरहेको जनाएको छ । सर्वोच्च अदालतको नीतिअनुसार सरकारवादी, फौजदारी, सम्बन्ध बिच्छेद लगायत जुनसुकै मुद्दालाई ढिलोमा १८ महिनाभित्र टुंग्याउनेगरी फैसला गर्दैआएको श्रेष्तेदार उप–सचिव रामाकान्त यादवले जानकारी दिए ।मुद्दालाई प्रकृतिको आधारमा ६ महिना, १२ महिना र ढिलोमा १८ महिनाभित्र फैसला गर्ने नीति अलवम्वन गरिएको अदालतले जनाएको छ । कोभिड–१९ को महामारीका समयमा मुद्दा फैसलामा प्रभाव परे पनि आगामी दिनमा मुद्दा फैसलाले रफ्तार लिने श्रेष्तेदार यादवले बताए । ‘अदालतको मुद्दा नियन्त्रणमै छ । फाष्ट ट्रयाक नीति अपनाएको छौँ । केही मुद्दा ६ महिनाभित्र, केही मुद्दा १२ महिनाभित्र र केही मुद्दा १८ महिनाभित्र फैसला गर्ने नीति छ । जे जस्तो भए पनि १८ महिनाभन्दा ढिलो गर्दैनौँ,’ पत्रकार भेटघाट कार्यक्रममा यादवले भने, ‘जटिल प्रकृतिका मुद्दा पनि १८ महिनाभन्दा ढिलो फैसला गर्दैनौं भन्ने सर्वोच्चको नीति छ । त्यसलाई जिल्ला अदालतले कानूनकै रुपमा फलो गरिरहेको छ । ६० प्रतिशत मुद्धा टार्गेटभित्रै गरिरहेका छौँ ।’  कोभिड–१९ को महामारी बाहेकका वर्ष अदालतले लक्ष्यअनुसार मुद्दा फैसला गरेको पाइएको छ । आर्थिक वर्ष २०७४/०७५ मा २७९ मुद्दामध्ये २१६ वटा, आर्थिक वर्ष २०७५/०७६ मा २७८ वटा मुद्दामध्ये २३० वटा, आर्थिक वर्ष २०७६/०७७ मा २४५ मध्ये १३५ वटा, आर्थिक वर्ष २०७७/०७८ मा ३३७ मध्ये २०८ वटा र आर्थिक वर्ष २०७८/०७९ मा ४४८ मध्ये २६९ वटा मुद्दा फैसला गरेको श्रेष्तेदार यादवले बताए ।

चालु आर्थिक वर्ष ३७ वटा नयाँ मुद्दा दर्ता भएको छ । अघिल्लो आर्थिक वर्षबाट जिम्मेवारी सरेर आएको १७९ सहित हाल २१६ मुद्दा कायम रहेको अदालतले जनाएको छ । त्यसमध्ये २५ वटा फैसला भइसहेको अदालतले जनाएको छ ।

चालु आर्थिक वर्ष मुद्दा संख्या ४८८ पुग्ने प्रक्षेपण गरिएको छ । जिल्लामा सबैभन्दा बढी सम्बन्धविच्छेदका मुद्दा दर्ता भइरहेको श्रेष्तेदार यादवले बताए । गत वर्ष सम्बन्धविच्छेदका १३४ मुद्दा दर्ता भएको थियो ।

नेपालमा सुटिङ भएको ‘उचाइ’ को पोस्टर सार्वजनिक, हिमालमुनि देखिए अमिताभ

काठमाडौं। नेपालमा ६० प्रतिशतभन्दा बढी छायाँकन भएको हिन्दी फिल्म ‘उचाइ’ को पोस्टर सार्वजनिक गरिएको छ ।

राजश्री प्रोडक्सनको ६०औं प्रस्तुति रहेको फिल्ममा अमिताभ बच्चन, अनुपम खेर, बोमन इरानीको मुख्य भूमिका रहेको छ । सार्वजनिक पोस्टरमा तीनैजना हिमालुमनि देख्न सकिन्छ ।

नेपालमा धेरै प्रतिशत सुटिङ भए पनि अमिताभ बच्चन भने आएका थिएनन् । उनको भूमिकामा डमी कलाकारलाई खेलाइएको थियो । फिल्मको निर्देशक सुरज बड्जात्या हुन् । फिल्ममा धेरै नेपाली कलाकारले पनि अमिनय गरेका छन् । नेपालको नाम्चेदेखि मुस्ताङसम्म सुटिङ गरिएको थियो । सिनेमाले मित्रताकाे कथा भन्नेछ ।

टुँडिखेलमा संविधान दिवसको रौनक

काठमाडौं। देशभर सोमबार संविधान दिवस विभिन्न कार्यक्रम गरी मनाइँदै छ । सोही क्रममा टुँडिखेलस्थित सैनिक मञ्चमा विशेष समारोहको आयोजना गरिएको छ ।

टुँडिखेलमा आयोजित समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री शेरबहादुर देउवासहित मन्त्रिपरिषद्का सदस्यहरु, सभामुख अग्निप्रसाद सापकोटा, राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, पूर्वप्रधानमन्त्रीहरु, संवैधानिक निकायका प्रमुखहरुसहितको सहभागिता थियो ।

नेपाली सेनाले विभिन्न कलाकौशल प्रस्तुत गरेको थियो ।

जनचाहनाअनुसार काम गर्न नसक्दा व्यवस्था माथि नै प्रश्न उठ्यो : मुख्यमन्त्री भट्ट

धनगढी। सुदूरपश्चिमका मुख्यमन्त्री त्रिलोचन भट्टले नागरिकका चाहना अनुसार काम गर्न नसक्दा समग्र व्यवस्थामाथि प्रश्न उठ्न थालेको बताएका छन् । नागरिकका चाहना अनुसार काम गर्न नसक्नुको कारण संविधानको मर्म अनुसार रुपान्तरण हुन नसक्नु रहेको उनको भनाइ छ । संविधान दिवसका अवसरमा सोमबार धनगढीमा अयोजित कार्यक्रममा मुख्यमन्त्री भट्टले भने, ‘व्यवस्था परिवर्तन भएपनि हाम्रो काम गर्ने शैली पुरानै भयो, पुरानै तरिकाले काम गरेर जनताका चाहना पुरा हुने स्थिति देखिएन, काम गर्ने शैली परिवर्तन हुन जरुरी छ ।’

व्यवस्था परिवर्तन भए पनि त्यस अनुसार व्यक्ति र शासन गर्ने शैली परिवर्तन नभएको उनले  भने  ‘हामी पुरानै तरिकाले काम गरिरहेका छौं । पुरानै शैलीमा काम गरेर जन आकांक्षा पुरा हुन सकेनन्, त्यसलै अहिले व्यवस्था माथीनै प्रश्न उठ्न थालेको छ, यस विषयमा सवै गम्भिर बन्नु जरुरी छ ।’

मुख्यमन्त्री भट्टले हजारौंको बलिदानी पछि आएको संविधान कार्यान्वयन गर्न र जनअपेक्षा अनुसार काम गर्न राष्ट्रिय एकता अपरिहार्य रहेको बताए ।

साढे दुई करोडको कम्पनी बेचेको पैसा माग्दा उल्टै क्षतिपूर्ति मुद्दा, प्रहरीको अनुसन्धानमाथि शंका

बुटवल। पश्चिम नवलपरासीको सुनवलका प्रियव्रत श्रेष्ठले राम्रै चलेको १७ वर्ष पुरानो कम्पनी गत वैशाख ३ मा लुप नेटवर्क पौने तीन करोडमा बेचे । इन्टरनेट सेवा प्रदायक उनको कम्पनीका दुई हजार बढी ग्राहक थिए र मासिक २५ देखि ३५ लाख रुपैयाँ आम्दानी हुन्थ्यो । कम्पनी बेचेको पैसा पाउने बेला भने श्रेष्ठले उल्टो क्षतिपूर्ति मुद्दाको झमेला खेप्नुपरेको छ ।  काठमाडौंमा केन्द्रीय कार्यालय रहेको लुप नेटवर्क लिमिटेडले श्रेष्ठको एक्मी टेक्निकल इन्स्टिच्युट प्रालिलाई दुई करोड ५० लाख रुपैयाँमा ३ वैशाखमा मा खरिद गरेको थियो ।  खरिद सम्झौता अनुसार पहिलो किस्ता वापत ७० लाख रुपैयाँ साउन १५ गते तिर्नुपर्ने थियो । लुप नेटवर्कले साउन १५ मा ७५ लाख, भदौ १५ मा २५ लाख, असोज १५ मा २५ लाखका दरले पुस १५ सम्म सबै रकम चुक्ता गर्नुपर्ने सम्झौता पत्रमा उल्लेख छ । लुप नेटवर्क लिमिटेडले सिटिजन्स बैंक इन्टरनेशनलको साउन १५ कै मितिको ७० लाखको चेक एक्मीका पुर्व सञ्चालक प्रियब्रत श्रेष्ठलाई दियो । तर, खातामा रकम नभएपछि उक्त चेक साउन २९, ३१ र भदौ २ गते तीनपटक सम्म साटिएन । यसबीचमा श्रेष्ठले खातामा रकम जम्मा गर्न आग्रह गरे । यही विषयमा दुई पक्षबीच विवाद पनि भयो । भदौ ६ गते दुबै पक्ष जिल्ला प्रशासन कार्यालयमा छलफल गरी लुप नेटवर्कले सम्झौता अनुसार रकम भुक्तानी गर्ने सहमति भयो । तर, लुप नेटवर्क लिमिटेडले रकम भुक्तानी गर्नुको साटो भदौ १६ गते श्रेष्ठविरुद्ध कम्पनीलाई क्षति पु¥याएको भन्दै  जिल्ला अदालतमा क्षतिपूर्तिको मुद्दा दर्ता ग-यो ।प्रशासनमा मिलापत्र भइसकेर रकम पाउने आशामा बसेका श्रेष्ठ लुप नेटवर्कका सञ्चालकले रकम नतिर्न आफूविरुद्ध योजनावद्ध षडयन्त्र गरेको महसुस गरी भदौ १९ गते जिल्ला प्रहरी कार्यालयमा लुप विरुद्ध चेक अनादरको उजुरी दिएको बताउँछन् । चेक अनादरको उजुरी दिन जाँदा जिल्ला प्रहरी कार्यालयका प्रमुख र डीएसपीले बिहान ११ बजेदेखि साँझ साढे ६ बजेसम्म आलटाल र बहानाबाजी गरेको समेत श्रेष्ठको गुनासो छ । जिल्ला सरकारी वकिल कार्यालयमा गुनासो गरेपछि साँझ साढे ६ बजे मात्रै आफ्नो उजुरी दर्ता भएको उनले बताए ।‘कारोबारको ऋण तिर्नका लागि १७ वर्ष मेहनत गरेर राम्रोसँग चलेको कम्पनी बेचेको थिएँ, पैसा पाउने बेलामा घर न घाटको भएर उल्टो क्षतिपूर्तिको मुद्दा खेपेको छु,’ पत्रकार सम्मेलन गरेर श्रेष्ठले भने, ‘मलाई पीडामाथि पीडा र अन्याय भयो, प्रहरी प्रशासनको अनुसन्धानमा पनि शंका छ ।’

राष्ट्रिय अनुसन्धान विभागले लुप नेटवर्कको सुनवलस्थित कार्यालयको सीसीटीभी फुटेज हेर्दा सादा पोशाकमा गएका प्रहरी नायब निरीक्षक महेन्द्रराज काफ्लेले कम्पनीका कर्मचारी राजन कोइरालाबाट रकम लिएको देखिएकाले प्रहरी अनुसन्धानमाथि आशंका भएको श्रेष्ठले बताए ।

आज समानुपातिकको बन्दसूची पेस गर्ने आज अन्तिम दिन

काठमाडौं । ४ मंसिरमा तय भएको आमनिर्वाचनमा समानुपातिकतर्फका उम्मेदवारको बन्दसूची बुझाउने आज अन्तिम दिन रहेको छ । पहिलो दिन आइतबार साना चार दलले मात्रै निर्वाचन आयोगमा सूची बुझाएका थिए । प्रतिनिधिसभा र प्रदेश सभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फको उम्मेदवारको बन्दी सूची बुझाउनुपर्छ ।

कांग्रेस, एमाले, माओवादी केन्द्र, एकीकृत समाजवादी, जसपा, लोसपासहितका दलहरुले भने आज बन्दसूची बुझाउने भएका छन् । आयोगका अनुसार प्रतिनिधिसभाको समानुपातिकका लागि ७६  दलको ६८ वटा निवेदन परेका छन् । निवेदन दिएका सबै दलले बन्दसूची बुझाएमा समानुपातिकका उम्मेदवार मात्रै करिब २० हजार हुने आयोगको अनुमान छ ।

समानुपातिकतर्फको बन्दसूचीमा दलहरूले कुल उम्मेदवारमध्ये खस–आर्य ३१.२, आदिवासी जनजाति २८.७, मधेसी १५.३, दलित १३.८, थारू ६.६ र मुस्लिम ४.४ प्रतिशत समावेश गर्नुपर्नेछ । प्रत्येक समावेशी समूहबाट कम्तीमा ५० प्रतिशत महिलाको नाम समावेश गर्नुपर्ने हुन्छ ।

चोलेन्द्रमाथिको अवरोध हटाउन माधवअधिकार आयोगको आग्रह

काठमाडौं। राष्ट्रिय मानव अधिकार आयोगले निलम्बित प्रधानन्यायीश चोलेन्द्र शमशेर जबरामाथिको अवरोध हटाउन सरकारसँग आग्रह गरेको छ।आइतबार प्रधानन्यायाधीश निवास बालुवाटारमा अनुगमनपछि आयोगलेगरेको विज्ञप्ति जारी गर्दै यस प्रकारको गतिरोध अन्त्य गर्न आग्रह गरेको हो। संविधानप्रदत्ता वैयक्तिक स्वतन्त्रता, आवतजावतको स्वतन्त्रता र गोपनीयताको अधिकारको राज्यले सम्मान गर्नुपर्ने आयोगको विज्ञप्तिमा भनिएको छ। ‘जुनसुकै व्यक्तिको पनि संविधान प्रदत्त वैयक्तिक स्वतन्त्रता, आवतजावतको स्वतन्त्रता र गोपनीयताको अधिकारको सम्मान गर्नुपर्ने राज्यको दायित्व हुन आउँछ। यसप्रकारका अधिकारहरूमा कुनै पनि बहानामा अवरोध पुग्नु हुँदैन भन्नेमा आयोग दृढ छ। अत: संविधान र कानूनमै टेकेर यस प्रकारको गतिरोध अन्त्य गर्न आयोग सम्बद्ध सबै पक्षलाई आग्रह गर्दछ’ आयोगले जारी गरेको विज्ञप्तिमा भनिएको छ। आयोगले राणाको निवासमा आवत जावत गर्ने व्यक्तिको निगरानी गरिएको, आवासबाट बाहिर निस्कने सवारी साधन जाँचमा कडाइ गरिएको र राणाको सवारी स्कर्टिङ टोलीसमेत हटाइएको अनुगमनको क्रममा पाइएको जनाएको छ।

आज सर्वोच्च जाने तयारीमा रहेको समयमा सरकारले घरबाट बाहिर निस्कन नदिएको आरोप जबराको छ।

अन्य पार्टीबाट आएकालाई एमालेमा समानुपातिक मापदण्ड लचिलो

काठमाडौं। नेकपा एमालेले अन्य पार्टीबाट आएकालाई समानुपातिक उम्मेदवार बनाउन मापदण्ड लचिलो बनाएको छ । आइतबार पार्टी अध्यक्ष केपी शर्मा ओलीको निवासमा बसेको नेकपा एमालेको सचिवालय बैठकले अन्य दलबाट पार्टीमा प्रवेश गरेकालाई समानुपातिकमा राख्ने मापदण्ड खुकुलो गरेको हो । एमाले उपमहासचिव समेत रहेका प्रवक्ता पृथ्वी सुब्बा गुरुङले पार्टीले समानुपातिकमा राख्ने मापदण्ड अन्य दलका लागि लचिलो व्यवस्था गरिएको बताए । संविधान सभा र २०७४ को निर्वाचनमा समानुपातिकमा रहेर प्रतिनिधित्व गरिसकेकालाई यसपटक समावेश नगरिएको उनले बताए। ‘पहिलो संविधान सभादेखि दोस्रो संविधान सभा र २०७४ को निर्वाचनमा समानुपातिक भएर प्रतिनिधित्व गरिसकेका महिला वा पुरुषलाई यसपटक समावेश गरेका छैनौँ । दोस्रो, विगतको निर्वाचनमा उम्मेदवार भएर पराजित भएकाहरु, जित्ने जितिहाल्यो, तिनीहरुलाई पनि यो लिस्टमा समावेश गरेका छैनौँ। २०७४ को निर्वाचनमा गाउँपालिकाको अध्यक्ष, उपाध्यक्ष र नगरपालिकाको प्रमुख र उपप्रमुख भएर निर्वाचित भएकाहरुलाई पनि यसपटक यो सूचीमा समावेश गरेका छैनौँ’, उनले भने ।

तर अन्य दलबाट आएकाको हकमा भने लचिलो व्यवस्था गरिएको उनले बताए । ‘अरु विभिन्न पार्टीबाट आएका नयाँको हकमा भने यो मापदण्डलाई छोडेर अलिकति लचिलो भएर निर्णय गरेका छौँ’, उनले भने ।

राष्ट्रपति विद्यालय सुधार कार्यक्रमका लागि लमजुङका ३१ विद्यालय छनाेट

लमजुङ। राष्ट्रपति विद्यालय सुधार कार्यक्रमका लागि लमजुङका ३१ वटा सामुदायिक विद्यालय छनाेट भएका छन् । विद्यालयको स्तरोन्नती गर्न सरकारले ल्याएको कार्यक्रम अन्तर्गत जिल्लाका ७ स्थानीय तहका यी विद्यालय विभिन्न कार्यक्रमका लागि छनाेट भएका हुन् । राष्ट्रपति विद्यालय सुधार कार्यक्रमअन्तर्गत जिल्लाको बेसीशहर नगरपालिका र दोर्दी गाउँपालिका ६/६ वटा विद्यालय छनाेट भएका छन् । त्यसैगरी मध्यनेपाल, सुन्दरबजार र राईनास नगरपालिकाअन्तर्गत पाँच/पाँच वटा विद्यालय छनाेटमा परेका छन् भने मस्र्याङदी र दूधपोखरी गाउँपालिकाअन्तर्गत दुई/दुईवटा विद्यालय छनाेटमा परेका छन् । क्होलासोथाँरको कुनै पनि विद्यालय यस बर्ष छनाेटमा परेको छैन । कार्यक्रमअन्तर्गत चार कोठे भवन निर्माणका लागि आठवटा विद्यालय छनाेट भएका छन् । सो बाहेक दुई कोठे भवन निर्माणका लागि नौ वटा र आइसिटी स्थापनाका लागि १४ वटा विद्यालय छनाेट भएका छन् । छनाेट भएका विद्यालयमध्ये चारकोठे भवन निर्माणका लागि प्रति विद्यालय ५० लाख अनुदान पाउने भएका छन् । सो बाहेक दुई कोठे भवन निर्माणका लागि प्रति विद्यालय २५ लाख र आइसिटी स्थापनाका लागि प्रति विद्यालय ६ लाख ५० हजार रुपियाँ उपलब्ध गराउने भएको छ ।

चालु वर्ष आइसिटी कार्यक्रमका लागि मात्रै १४ विद्यालय छनाेट भएका छन् ।
त्यसैगरी चारकोठे भवन निर्माणका लागि दोर्दीमा दुई, बेसीशहरमा एक, राईनासमा एक, मस्र्याङदीमा एक, सुन्दर बजारमा एक र मध्यनेपालमा एक विद्यालय छनाेट भएका छन् । दुई कोठे भवन निर्माणका लागि भने मध्यनेपालमा एक, सुन्दर बजारमा एक, मस्र्याङदीमा एक, राईनासमा एक, दोर्दीमा दुई र बेसीशहरमा तीनवटा विद्यालय छनाेट भएका छन् ।

जिल्लामा छनाेट भएका विद्यालयअनुसार कार्यक्रमका लागि यस वर्ष कुल सात करोड १६ लाख रुपियाँ अनुदान आउने भएको छ ।

चोलेन्द्रलाई नजरबन्दमा राखेर सरकारले तमासा गर्‍यो : ओली

काठमाडौं। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको घर घेरेर र उनलाई नजरबन्दमा राखेर तमासा गरेको टिप्पणी गरेका छन् ।  आइतबार बालकोटस्थित निवासमा सञ्चारकर्मीसँग कुरा गर्दै ओलीले प्रधानन्यायाधीशमाथिको महाअभियोग प्रस्ताव पारित नभएपछि सकिएको तर्क गरे । उले सत्ता पक्षले बेलैमा प्रक्रिया अगाडि नबढाएर सफाइ दिएको आरोप लगाए ।

‘हिजो संसदको अधिवेशन सकियो र संसदको कार्यकालै सकियो । महाअभियोग पारित भएन । दर्ता भयो र पारित भएन भनेपछि कुरा सकियो । त्यसमा सत्तापक्षले उहाँलाई सफाइ दियो । आफैं बिलम्ब गरेर, प्रक्रिया अगाडि नबढाएर सफाइ दियो । आफैंले खनेको खाल्डोमा आफैं परेर सफाइ दियो’ उनले भने ‘तीन महिनाभित्र यो प्रश्न टुंग्याउनुपर्ने हुन्छ । कुनै पनि प्रस्तावको कार्यकाल हुन्छ । अवधि हुन्छ । संसदीय प्रक्रियाको प्रस्तावहरु कहिलेसम्ममा टुंग्याउने भन्ने हुन्छ । सेना–प्रहरी हातमा छ भनेर जे पनि गरे हुन्छ ? मान्छेको घर घेर्ने, नजरबन्द बनाउने, तमासा गर्ने हो ? लोकतन्त्रमा अभियोग पुष्टि नभएपछि प्रधानन्यायधीसले के गर्ने ?’

एमालेले तयार गर्‍यो २२० जना समानुपातिक उम्मेदवारको सूची, भोलि आयोगमा बुझाउने

काठमाडौं। नेकपा एमाले समानुपातिक उम्मेदवारहरुको टुंगो लगाएको छ।आइतबार बसेको नेकपा एमालेको सचिवालय बैठकले प्रतिनिध र प्रदेश सभा निर्वाचनका लागि समानुपातिक उम्मेदवारहरुको सूची टुंगो लगाएको हो । नेकपा एमालेका प्रवक्ता पृथ्वी सुब्बा गुरुङले निर्वाचनका लागि २२० जनाको नामलिष्ट तयार गरेको जानकारी दिए । आगामी निर्वाचनका लागि प्रतिनिधि सभातर्फ ४० प्रतिशत हुने समानुपातिक उम्मेदवारको नाम पारित गरेको उनले जानकारी दिए । ११० जनाको नाम प्रस्ताव गरिएको र त्यसमा ५७ जना महिला हुने उनले जानकारी दिए ।
गुरुङका अनुसार प्रदेश नम्बर १ का लागि २० जना महिला नघट्ने गरेर ३७ जना,  मधेश प्रदेशमा २३ जना महिला नघट्ने गरि ४३ जना, बागमती महिला २४ जना नघट्ने गरि ४४  जना, गण्डकीमा १३ महिला नघट्ने गरि २४ जना, लुम्बिनीमा २० महिला नघट्ने गरि ३५ जना ।

कर्णालीमा ८ महिला नघट्ने गरि १६ जना, सुदूरपश्चिममा ११ महिला नघट्ने गरि २१ जनाको नाम तयार गरिएको उनले जानकारी दिए ।
सोमबार एमालेले बन्दी सूची आयोगमा बुझाउने उनले जानकारी दिए । प्रतिनिधि र प्रदेश सभा निर्वाचनका लागि आयोगले आज र भोलिका लागि समय निर्धारण गरेको थियो ।