समाचार | Page 295 of 5953 | ईमाउण्टेन समाचार

Our Network

वैशाख २६ २०८३, आइतबार

समाचार

फागुन २६ सोमबार ।
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले राजतन्त्र फर्कने कुनै सम्भावना नरहेको बताएका छन् । कांग्रेसको प्रदेश सम्मेलनको उद्घाटनका लागि धनगढी पुगेका सभापति देउवाले विमानस्थलमा बोल्दै सो कुरा बताएका हुन् ।

उनले राजतन्त्रको पक्षमा माहोल नदेखिएको बताएका हुन् । हिजो काठमाडौंमा राजावादीले गरेको प्रदर्शनबारे बोल्दै सभापति देउवाले हिजो काठमाडौंमा केही नभएकोसमेत बताए । कसैले उचालेर सरकार नउचालिने बताए ।

देउवाले राजतन्त्रका पक्षमा अहिले हल्ला मात्र भइरहेको बताए ।उनले भने, ‘कुनै माहोल मैले देखेको छैन, त्यो हल्ला मात्र हो, हल्ला गरेर केही हुँदैन ।’ उनले दुई पार्टीबिच मिलेर बनेको सरकार ०८४ सम्म जाने र कुनै समस्या नभएको बताए । पूर्वप्रधानमन्त्रीसमेत रहेका सभापति देउवाले सरकार सञ्चालनमा दलहरूबिच कुनै समस्या नरहेको बताएका छन् ।सभापति देउवासहितका नेता पार्टीको सुदूरपश्चिम प्रदेशस्तरीय सम्मेलनमा सहभागी हुन आज धनगढी पुगेका छन् ।

जुलुस निकाल्दा विदेशीको तस्बिर राख्नुपर्ने नाजुक अवस्थामा छैनौं : प्रधानमन्त्री ओली

फागुन २६ सोमबार ।
प्रधानमन्त्री केपी शर्मा ओलीले एउटा जुलुस निकाल्नुपर्दा विदेशीको तस्बिर राख्नुपर्ने नाजुक अवस्थामा नरहेको बताएका छन्। राजावादीको प्रदर्शनमा भारतीय मुख्यमन्त्री योगी आदित्यनाथको फोटो प्रयोग भएकोप्रति प्रधानमन्त्री ओलीले जुलुस निकाल्न विदेशीको फोटो प्रयोग गर्नुपर्ने अवस्थामा देश नरहेको बताएका हुन्।

सोमबार काठमाडौंमा आयोजित कार्यक्रममा भारतीय मुख्यमन्त्री योगी आदित्यनाथको फोटो प्रयोगको आलोचना भएपछि केपी ओलीले जुलुसमा मान्छे घुसाएको भन्ने तर्क गर्ने गरेको उनको भनाइ छ।

उनले राजावादीको जुलुस आफूले गराएको र फोटो पनि आफूले राखेको भन्दै कटाक्ष गरे।प्रधानमन्त्री ओलीले अलोकतान्त्रिक, प्रणालीविरोधी र असंवैधानिक कुराहरूमा लाग्ने फुर्सद नभएको र देश बनाउने अघि अभियानमा लागेको बताए। उनले बाह्य अनुदान सहायतामा भर नपरि आफ्नै ढंगले मुलुकको विकासमा लाग्नुपर्ने बताए।

बाह्य सहयोग जुनसुकै अवस्थामा रोकिन सक्ने भएकाले अनुदान
नआउँदा पनि मुलुक चल्ने गरी आत्मनिर्भर हुने बाटोतर्फ अघि बढ्नुपर्ने धारणा राखे। प्रधानमन्त्री ओलीले विश्वव्यापीकरणको अवस्थामा सबै काम एक्लै गर्न नसकिने स्थिति भए पनि उर्वर नेपाली भूमिलाई प्रयोग गरेर उत्पादन र उत्पादकत्व वृद्धि गर्नुपर्नेमा जोड दिए।सामाजिक संस्थाले असफलताको मात्र नभइ सफलता, आशा र उपलब्धिको चर्चा गर्न सुझाव दिँदै उनले विकासको प्रयासमा कुनै प्रकारको अवरोध सिर्जना हुन नदिने स्पष्ट गरे।

परराष्ट्रमन्त्री डा. राणा धार्मिक भ्रमणमा लागिन् भारततर्फ

२०८१,११,२६

परराष्ट्रमन्त्री डा आरजु राणा देउवा धार्मिक भ्रमणको सिलसिलामा सोमवार भारत प्रस्थान गरेकी छन्। मन्त्री डा राणा भारतको झारखण्डस्थित बाबा वैद्यनाथ धाममा पूजाआजाका लागि पुग्ने कार्यक्रम छ। मन्त्री डा. राणालाई परराष्ट्र मन्त्रालयका सचिव अमृतबहादुर राई र मन्त्रालयका उच्च अधिकारीहरुले त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा बिदाई गरेका थिए।

त्यसपछि मन्त्री डा राणा भारतको विदेश मन्त्रालयद्वारा यही मार्च १७ देखि नयाँ दिल्लीमा आयोजित राइसिना डायलगमा सहभागी हुनेछिन्। भारतको निमन्त्रणामा उक्त डायलगमा मन्त्री डा राणासहित विश्वका विभिन्न देशका प्रधानमन्त्री तथा विदेशमन्त्रीहरूको सहभागिता रहनेछ। सो कार्यक्रमलाई मन्त्री डा। राणाले सम्बोधन गर्ने कार्यक्रम रहेको छ।

साथै यही भ्रमणकै क्रममा मन्त्री डा राणाले आफ्नो स्वास्थ्य जाँचको फलो अप पनि गराउने कार्यक्रम रहेको छ।

माधव नेपालको आह्वान, प्रतिगामी तत्व सल्बलाउन थाले, परिवर्तनकारी एक हौँ

२०८१,११,२६
नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले मुलुकमा प्रतिगामी तत्वहरू सल्बलाउन थालेकाले परिवर्तनकारी शक्तिहरू एकताबद्ध हुनुपर्ने बताएका छन्। पार्टीद्वारा केन्द्रीय कार्यालय आलोकनगरमा आज आयोजित कार्यक्रममा उनले जनताको लामो सङ्घर्षबाट प्राप्त अधिकार तथा वर्तमान व्यवस्थाको रक्षा गर्नु प्रमुख जिम्मेवारी भएको बताएका छन ।

केही समययता काठमाडौँ उपत्यकालगायत मुलुकका केही सहरहरूमा भइरहेका नाराजुलुसले सरकार मात्रै होइन, लोकतन्त्रमाथि नै प्रहार भइराखेको उनको भनाइ थियो। अध्यक्ष नेपालले लोकतन्त्रमाथिको प्रहार सह्य नहुने विचार व्यक्त गर्दै संविधान, लोकतन्त्रका साथै सङ्घीय गणतन्त्रको रक्षाका लागि सरकारलाई गम्भीर बन्न आग्रह गरेका छन।

उनले सङ्घीय लोकतान्त्रिक गणतन्त्र जनताको बलिदान तथा सङ्घर्षबाट प्राप्त भएकाले त्यसको रक्षाका लागि सबै एकताबद्व हुनुपर्ने बताए। अध्यक्ष नेपालले सङ्घीय लोकतन्त्रमाथि धावा बोलिरहेकाले जनता चनाखो हुनुपर्ने र संविधानको उल्लङ्घन गर्ने छुट कसैलाई पनि नरहेकामा जोड दिएका छन।

 

गैरसरकारी संस्थालाई प्रधानमन्त्रीको आग्रह अनुदान होइन, आत्मनिर्भरताको बाटोमा लागौं

२०८१,११,२६

प्रधानमन्त्री केपी शर्मा ओलीले बाह्य अनुदानमा भर नपरी आत्मनिर्भरताको बाटोमा लाग्न गैरसरकारी संस्थाहरूलाई आग्रह गर्नुभएको छ ।गैरसरकारी संस्था महासंघको ११ औं महाधिवेशन तथा नागरिक सम्मेलनको उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले विश्वव्यापीकरणको अवस्थामा सबै काम एक्लै गर्न नसकिने स्थिति भए पनि उर्वर नेपाली भूमिलाई प्रयोग गरेर उत्पादन र उत्पादकत्व वृद्धि गर्नुपर्नेमा जोड दिएका छन ।

प्रधानमन्त्री ओलीले सामाजिक संस्थाले असफलताको मात्र नभइ सफलता,आशा र उपलब्धिको चर्चा गर्न सुझाव दिँदै विकासको प्रयासमा कुनै प्रकारको अवरोध सृजना हुन नदिने स्पष्ट गरेका छन।

 

गाजामा इजरायलले बिजुली आपूर्ति बन्द गर्‍यो

फागुन २६ सोमबार ।
इजरायलले गाजा क्षेत्रमा बिजुली आपूर्ति बन्द गरेको छ । प्यालेस्टिनी विद्रोही समूह हमासलाई ५९ जना बन्धकको रिहाइका लागि दबाव दिन इजरायलले बिजुली आपूर्ति बन्द गर्ने निर्णय गरेको बीबीसीले जनाएको छ । ऊर्जामन्त्री एली कोहेनले इजरायल विद्युत् निगमलाई गाजा क्षेत्रमा बिजुली आपूर्ति बन्द गर्न आदेश दिएको बताएका  छन ।

गएको हप्ता इजरायलले गाजा क्षेत्रमा राहत सामग्री, तेल र अन्य अत्यावश्यकीय वस्तु लिएर जाने गाडीहरू रोकेको थियो । इजरायलले पानीको आपूर्ति बन्द गर्ने विषयमा पनि सोचिरहेको बताएको छ । हमाससँग भएको युद्धविरामको पहिलो चरण कार्यान्वयन भए पनि दोस्रो चरणमा आइपुग्दा फेरि तनाव शुरू भएको छ ।

युद्धविरामको पहिलो चरणमा ३३ जना बन्धक रिहा गरेको हमासले दोस्रो चरण शुरू गर्नेबारे वार्ता र छलफल नै नभएको बताउँदै आएको छ । नेपालका विपिन जोशीसहित ५९ जना बन्धकको रिहाइ अझै अनिश्चित छ । तर इजरायल र हमासबीच दोस्रो चरणको युद्धविराम वार्ता चाँडै शुरू हुने अपेक्षा गरिएको छ ।

युद्धविराम सम्झौतासम्बन्धी वार्ता अगाडि बढाउन इजरायलले आफ्नो प्रतिनिधिमण्डललाई कतार पठाउने भएको छ । इजिप्ट र कतारका मध्यस्थकर्ताहरूसँग युद्धविराम सम्झौतामा वार्ता शुरू गर्ने सम्बन्धमा हमासले पनि सकारात्मक सङ्केत दिएको छ ।

 

काठमाडौँ उपत्यका विश्वकै तेस्रो प्रदूषित सहर

फागुन २६ सोमबार ।
पर्याप्त वर्षा नहुँदा काठमाडौँ उपत्यकाको वायु प्रदूषण बढेको छ ।एयर क्वालिटि इन्डेक्स’ का अनुसार आज काठमाडौँ विश्वकै तेस्रो प्रदूषित सहर भएको छ ।आज विश्वकै प्रदूषित सहरको पहिलो सूचीमा भियतनामको हनोई छ भने दोस्रो स्थानमा भारतको राजधानी नयाँ दिल्ली छ । इन्डेक्सका अनुसार आज काठमाडौँको समग्र वायु गुणस्तर सूचकाङ्क एक्यूआई १९७ छ ।

आज विश्वकै प्रदूषित सहरको पहिलो सूचीमा भियतनामको हनोई एक्यूआई २३८ रहेको छ भने दोस्रो स्थानमा भारतको राजधानी नयाँ दिल्लीको एक्यूआई २०२ छ ।

विश्व स्वास्थ्य सङ्गठन डब्ल्यूएचओको वायु गुणस्तर मापदण्डअनुसार एक्यूआई ५० सम्मको वायु ‘स्वस्थकर’ हुन्छ । एक्यूआई १०१ देखि १५० ‘अस्वस्थ कर’ हुन्छ । यस्तै, एक्यूआई २०१ देखि ३०० सम्म पुगेमा ‘अति अस्वस्थ कर’ र त्यो भन्दा माथि भएमा ‘खतरनाक’ बन्दै जाने डब्ल्यूएचओको मापदण्ड छ ।

 

राष्ट्रिय श्रम तथा रोजगार सम्मेलन आजबाट सुरु,प्रधानमन्त्रीले गरे शुभारम्भ

फागुन २६ सोमबार ।
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको आयोजनामा पाँचौं राष्ट्रिय श्रम तथा रोजगार सम्मेलन आजबाट सुरु भएको छ ।
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको आयोजनामा आज पाँचौं राष्ट्रिय श्रम तथा रोजगार सम्मेलनमा प्रधानमन्त्री केपी शर्मा ओलीले आन्तरिक रोजगार प्रवर्द्धन दशकको शुभारम्भ गरेका हुन्।

कार्यक्रममा राष्ट्रिय रोजगार प्रवर्द्धन कार्यक्रमको समेत शुभारम्भ भएको घोषणा गरिएको छ। श्रम मन्त्रालयले ‘उत्पादन र उत्पादकत्व विस्तार, आन्तरिक रोजगारीको दिगो आधार’ नारासहित सुरु भएको सम्मेलन फागुन २६ र २७ गते दुई दिनसम्म चल्ने छ ।

देशमा उत्पादन र उत्पादकत्व वृद्धि गर्दै रोजगारी सिर्जनामा सरकार केन्द्रित हुन सम्मेलनले आवश्यक सल्लाह सुझाव दिनेछ।सम्मेलनबाट प्राप्त सुझावलाई आगामी आन्तरिक रोजगार प्रवर्द्धन दश वर्षे रणनीतिक योजनामा समावेश गर्ने मन्त्रालयको तयारी छ।सरकारले सन् २०२५(३५ लाई आन्तरिक रोजगार प्रवर्द्धन दशकको घोषणा गरेका छन्।

 

साहशिला र क्षमतावान महिला न्यायाधीश चाहिएको छ, सुशीला कार्की

२०८१,११,२६
पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीले न्यायाधीशहरुले फलको आश नगरी कर्म गर्नुपर्ने बताएकी छन्। सोमबार ललतिपुरमा अन्तर्राष्ट्रिय महिला न्यायाधीश दिवसका अवसरमा आयोजित ‘महिला न्यायाधीश सम्मेलन–२०८१’ कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएकी हुन्। उनले महिला न्यायाधीश भएर आउँदैमा सबैकुरा पूरा नहुने बताए। उनले महिला न्यायाधीशमा क्षमता र साहस हुन जरुरी रहेको बताएका छन। उनले न्यायाधीश धेरै अध्ययन गर्न जरुरी रहेको बताइन्। न्यायाधीशले कहिल्यै पनि जस लिने आशा गरेर न्याय सम्पादन गर्न नहुने बताएका छन ।

पूर्वप्रधानन्यायाधीश कार्कीले न्यायाधीशले पक्षपात नगरी न्याय दिनुपर्ने बताइन्। उनले एउटा न्यायले सबैको विकास हुने बताएका हुुन ।

सुनको मूल्य सामान्य बढ्यो

फागुन २६ सोमबार ।
नेपाली बजारमा सोमबार सुनको मूल्य सामान्य बढेको छ । सुनको मूल्य तोलामा १०० रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।अघिल्लो दिन प्रतितोला १ लाख ७० हजार ३ सय रुपैयाँ रहेको सुन आज १ लाख ७० हजार ४ सय रुपैयाँ कायम भएको छ ।

अघिल्लो दिन पनि तोलामा १ सय रुपैयाँ मूल्य बढेको थियो ।सुनको मूल्य बढ्दा चाँदीको भने स्थिर छ । अघिल्लो दिन प्रतितोला १९८५ रुपैयाँ रहेको चाँदी आज पनि सोही मूल्यमा कारोबार भइरहेको छ ।

 

 

 

एकीकृत समाजवादीको सचिवालय बैठक बस्दै, चैत १ गते आन्दोलन घोषणा गर्ने

फागुन २६ सोमबार ।
नेकपा एकीकृत समाजवादीले केन्द्रीय सचिवालय बैठक बोलाएको छ । बैठक सोमबार ११ बजेपछि बस्ने गरी बोलाएको एकीकृत समाजवादीका महासचिव घनश्याम भुसालले बताए ।बैठकमा पछिल्लो राजनीतिक अवस्था, राजावादीहरूको चलखेल र आन्दोलनका कार्यक्रमबारे छलफल हुने सो पार्टीका नेताहरूले बताएका छन् ।

सो पार्टीले आगामी चैत १ गते पत्रकार सम्मेलन गरेर आन्दोलनका कार्यक्रम घोषणा गर्ने तयारी गरेको छ । सरकार र सत्तारुढ दलहरूको नालायकीपनका कारण प्रतिगामी तत्त्वहरू सल्बलाउन थालेको एकीकृत समाजवादीका नेताहरूले बताउँदै आएका छन् ।

 

काठमाडौँ आइपुगे शाह, गेटमा समर्थकहरुको स्वागत,राजा समर्थकले गरे प्रधानमन्त्रीविरुद्ध नाराबाजी

फागुन २५ आइतबार ।
पूर्वराजा ज्ञानेन्द्र शाह काठमाडौं आइपुगेका छन् ।पोखराबाट आइतबार दिउँसो उनी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आइपुगेका हुन् ।विमानस्थलबाट बाहिरिने क्रममा उनले विमानस्थलको मुख्यद्वारमा स्वागत गर्न जम्मा भएका समर्थकलाई अभिवादन गरेका छन् ।पूर्वराजालाई स्वागत गर्न ठूलो संख्यमा उनका समर्थक विमानस्थलको मुख्यद्वारा अगाडि भेला भएका छन् ।

त्रिभुवन विमानस्थलको मूल गेटमा पुगेका राजा समर्थकले प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध नाराबाजी गरेका छन् ।पूर्वराजा ज्ञानेन्द्र शाहको स्वागतका निम्ति त्रिभुवन विमानस्थलको मूल गेटमा पुगेका राजा समर्थकले प्रधानमन्त्रीविरुद्ध नाराबाजी गर्न थालेपछि प्रहरीसित उनीहरूको धकेलाधकेल समेत भएको छ । पूर्वराजा शाह आइतबार अपराह्न कास्कीको पोखराबाट काठमाडौं फर्किएका हुन् । समिट एयरको ९एन–एकेजेड कलसाइन चार्टर्ड उडानमार्फत उनी काठमाडौं आएका हुन् ।

सेयर बजार आज उच्च अङ्कले घट्यो, १० अर्ब ९ करोड रुपैयाँको कारोबार

२०८१,११,२५

सेयर बजार परिसूचक नेप्से आज उच्च अङ्कले घटेको छ । कारोबार हुने हप्ताको पहिलो दिन आज नेप्से परिसूचक ४६ दशमलव ३३ अङ्कले घटेर दुई हजार ७ सय ७२ दशमलव १० विन्दुमा झरेको हो । आजसहित सेयर बजार लगातार पाँचौँ दिन ओरालो लागेको हो । कुल २४ कम्पनीको मूल्य बढ्दा २ सय १७ वटाको घट्यो ।

आज अन्य उपसमूह सर्वाधिक २ दशमलव ६९ प्रतिशतले ओरालो लागेको छ । इन्भेष्टमेन्ट २ दशमलव ४९, फाइनान्स १ दशमलव ८७, डेभलपमेन्ट बैंक १ दशमलव ७१ र माइक्रो फाइनान्सको सूचक १ दशमलव ५८ प्रतिशतले घटेको छ । आज १० अर्ब ९ करोड ३६ लाख रुपैयाँको सेयर किनबेच हुँदा सर्वाधिक हिमालयन रिइन्स्योरेन्सको एक अर्ब १२ करोड रुपैयाँको सेयर कारोबार भएको छ ।

सुर्खेतबाट मुगु, हुम्ला र जुम्लामा तारा एअरको नियमित उडान बन्द

फागुन २५ आइतबार ।
तारा एअरले सुर्खेतबाट मुगु, हुम्ला र जुम्लामा गर्दै आएको नियमित उडान बन्द गरेको छ । हरेक उडानमा नोक्सानी बेहोर्नुपर्ने भएपछि उडान बन्द गरेको तारा एअरले जनाएको छ ।कर्णाली प्रदेशको उद्योग पर्यटन वन तथा वातावरणमन्त्री सुरेश अधिकारीले गएको मङ्सिर १९ मा उद्घाटन गर्नुभएको हवाई सेवा अहिले बन्द भएको हो ।

हिमाली टुर एण्ड ट्राभल्सले तारा एअरमार्फत तीन जिल्लाको उडान भर्दै आएको थियो ।ट्राभल्सले कर्णाली प्रदेश सरकारबाट सहयोग नपाएको तथा हरेक उडानमा नोक्सान भएको भन्दै उडान बन्द गर्नुपरेको जनाएको छ ।ट्राभल्सका मिनबहादुर रावलले मुगु, हुम्ला र जुम्लामा हप्तामा दुई पटक नियमित उडान भर्ने सहमतिअनुसार काम शुरू गरे पनि आवश्यक सहयोग प्राप्त नभएका कारण उडान सेवा बन्द गरिएको बताए।

यसैबीच सुर्खेतमा हवाई सेवा बन्द भएपछि कर्णालीका हिमाली जिल्लामा आवतजावत गर्न बाँकेको नेपालगञ्ज विमानस्थलकै भर पर्नुपर्ने बाध्यता भएको छ । बाँकेबाट तारा, समिट र गोमा एअरले हुम्ला, जुम्ला, मुगु र डोल्पामा उडान भर्दै आएका छन् ।

राष्ट्रियसभामा सांसदहरूले राजावादीको प्रदर्शनलाई नियन्त्रण गर्न माग गरे

फागुन २५ आइतबार ।
राजावादीहरूको प्रदर्शनलाई नियन्त्रण गर्न राष्ट्रियसभा सदस्यहरूले सरकारको ध्यानाकर्षण गराएका छन्। आइतबार राष्ट्रियसभाको विशेष समयमा बोल्दै उनीहरूले संविधान विपरीत राजसंस्था फर्काउने भन्दै अराजक गतिविधि भइरहेको भन्दै यसलाई नियन्त्रण गर्न सरकारको ध्यानाकर्षण गराए।

राष्ट्रियसभा सदस्य जगप्रसाद शर्माले राजाको वंश विनाश गरेकाहरूले नै राजा फर्काउने नाटक मञ्चन गरिरहेको तर्क गरे। संविधान र व्यवस्थाविरुद्धको हर्कतलाई सरकारले नियन्त्रण गर्न नसकेको उनले बताए। शर्माले देशमा बढिरहेको अराजकता, संविधानविरुद्धको हर्कत सरकारले तुरुन्त नियन्त्रण गर्न माग गरे।

त्यस्तै राष्ट्रियसभा सदस्य जयन्तीदेवी राईले प्रतिगामी तत्त्वहरू सक्रिय भएर संविधानको उलंघन गर्दै अधिकार खोस्ने प्रयास भइरहेको भन्दै सजक बन्नुपर्नेमा जोड दिए। मसानघाटमा पुर्‍याएको राजतन्त्र कुर्लिरहेको भन्दै यसलाई नियन्त्रण गर्नुपर्ने उनले बताए।त्यस्तै अन्य सदस्यहरूले मुलुकमा प्राप्त अधिकार गुम्न नदिनका लागि राष्ट्रिय सहमति कायम गर्नुपर्नेमा जोड दिएका थिए।

 

यो देशलाई निकास दिने हामीले हो,उपप्रधानमन्त्री प्रकाशमान

२०८१,११,२५

उपप्रधानमन्त्री प्रकाशमान सिंहले मुलुकमा राजनीतिक स्थायित्वका लागि कांग्रेस–एमालेको सरकार गठन भएको बताएका छन्। मुलुकको विकासलाई सरकारले जोड दिएको उनको दावी छ। भोजपुर नगरपालिका वडा नं ४ दाँवामा रहेको सिद्धेश्वर माध्यामिक विद्यालयको ७७औँ वार्षिकोत्सव कार्यक्रमको उद्घाटन गर्दै उनले सो कुरा बताएका हुन्। सहरी विकासमन्त्रीसमेत रहेका उनले मुलुकको विकास निर्माण र स्थायित्वका लागि वर्तमान सरकार क्रियाशील रहेको बताएका छन।

विकास निर्माणका गतिविधि निरन्तर अगाडि बढाउन वर्तमान सरकार क्रियाशील रहेको बताउँदै उपप्रधानमन्त्री सिंहले आगामी वर्षको बजेट सबै वर्ग र क्षेत्रलाई समेटेर बनाउन अर्थमन्त्रीलाई अनुरोध गर्ने बताएका हुन ।

भोजपुरको शैक्षिक उन्नयनमा उक्त विद्यालयले निर्वाह गरेको बताउँदै भूमिकाको सराहना गर्दै उनले उपलव्ध स्रोतसाधनको उचित प्रयोग गर्न शिक्षक कर्मचारीलाई आग्रह गरेका छन।