राजनीति Archives | Page 2074 of 2074 | ईमाउण्टेन समाचार

Our Network

पुष २६ २०८१, शुक्रबार
किसान आयोग गठन गर्ने मन्त्रिपरिषद्को निर्णय, अरु के के निर्णय भयो बैठकमा ?

रामचन्द्र अर्याल, ६ माघ, काठमाडौं । मन्त्रिपरिषद बैठकले किसान आयोग गठन गर्ने निर्णय गरेको छ ।

किसानका समस्या समाधान गर्ने, कृषिलाई आधुनिकिकरण गर्ने लगायतका उद्देश्य पुरा गर्नका लागि आयोग गठन गरिएको सरकारका प्रवक्ता एवम् सूचना तथा सञ्चारमन्त्री सुरेन्द्र कार्कीले जानकारी दिनुभयो ।

यसैगरी विश्व बैंकले दिने १६ अर्ब ३८ करोड रुपैयाँ ऋण सहायता स्वीकृत गर्ने निर्णय पनि मन्त्रिपरिषद बैठकले गरेको छ । सो रकम जन्म दर्ता, मृत्यु दर्ता लगायतका सामाजिक तथा व्यक्तिगत घटना दर्ता प्रक्रियालाई अझै समृद्ध पार्न विश्व बैंकले दिएको हो । बैठकले रेडियो नेपालको कार्यकारी निर्देशकमा सुरेश कुमार कार्कीलाई नियुक्त गर्ने निर्णय गरेको छ । यसअघि पनि रेडियो नेपालको कार्यकारी निर्देशक थिए । उनको कार्यकाल मंसिर महिनामा सकिएको थियो ।

बिहीबार बसेको मन्त्रिपरिषद बैठकले कार्कीलाई पुनः चार वर्षे कार्यकालका लागि कार्यकारी निर्देशक पदमा नियुक्त गरेको हो ।

यसैगरी हत्या गरिएका काभ्रेका अजित मिजार र लक्ष्मी परियारका परिवारलाई के कस्तो सहयोग गर्न सकिन्छ भनेर सरकारलाई सुझाव दिन युवा तथा खेलकुद मन्त्री दलजीत श्रीपाइलीको नेतृत्वमा समिति पनि गठन गरिएको छ ।

अन्तरजातीय विवाह गरेका अजितको शव धादिङमा फेला परेको थियो भने लक्ष्मी परियारको बोक्सी आरोपमा कुटपीट पछि मृत्यु भएको थियो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);