सुरक्षित र व्यवस्थित क्वारेन्टीन बनाउन संसदीय समितिको निर्देशन | ईमाउण्टेन समाचार

Our Network

जेठ ३ २०८३, सोमबार

सुरक्षित र व्यवस्थित क्वारेन्टीन बनाउन संसदीय समितिको निर्देशन

mahila samiti

काठमाडौं, १२ असार । संसदीय समितिले क्वारेन्टीनहरुलाई सुरक्षित र व्यवस्थित बनाउन महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयलाई निर्देशन दिएको छ । शुक्रबार बसेको संसदको महिला तथा सामाजिक समितिको बैठकले क्वारेन्टीनहरुमा महिला हिंसाका घटनाहरु बढिरहेकोले व्यवस्थित र मर्यादित बसाईको व्यवस्था गर्न मन्त्रालयलाई निर्देशन दिएको हो ।

कोरोना रोकथाम तथा नियन्त्रणका लागि निर्माण भएका क्वारेन्टीनहरु पूर्ण रुपमा महिला मैत्री नभएका, यौंन हिंसाका घटनाहरु बढेकाले मर्यादित र सुरक्षित क्वारेन्टिनको व्यवस्थापन गर्न मन्त्रालयलाई निर्देशन दिइएको समितिकी सभापति निरुदेवी पालले बताउनुभयो ।

बैठकमा सांसदहरुले क्वारेन्टिनहरु व्यवस्थित नभएको, गर्भवति महिलाहरुको पीसीआर परीक्षण समयमै नहुदा समस्या भएको भन्दै महिलाहरु रहेको क्वारेन्टिनको सुरक्षाका लागि महिला प्रहरीको व्यवस्था गर्न माग गरेका थिए ।

सांसदहरुले महंगा कार्पेट किन्नु भन्दा सीप भएका महिलाहरुलाई प्रोत्साहन गरी स्थानीय स्तरमा उत्पादन हुने गुन्द्री प्रयोग गर्न पनि सरकारलाई आग्रह गरेका थिए ।