गोर्खा भर्तीलाई यथाशीघ्र खारेज गर्न विप्लवको माग (विज्ञप्तिसहित) | ईमाउण्टेन समाचार

Our Network

असार १९ २०८३, शनिबार

गोर्खा भर्तीलाई यथाशीघ्र खारेज गर्न विप्लवको माग (विज्ञप्तिसहित)

biplav

काठमाडौं, ६ असार ।  प्रतिबन्धित नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्र विक्रम चन्द ‘विप्लव’ ले गोर्खा भर्तीलाई यथाशीघ्र खारेज गर्न माग गरेका छन् । शनिबार एक वक्तव्य जारी गर्दै विप्लवले पैसा र चाकडीका लागि युवालाई अर्को देशमा लड्न पठाउनु देशका लागि अपाच्य र लज्जास्पद भएको बताएका छन्।

विप्लवले भनेका छन्, ‘ भारतले आफ्नो सेना (गोर्खा रेजिमेन्ट) मा कार्यरत नेपाली युवाहरुलाई बिदा कटाएर फिर्ता बोलाएको छ। त्यसले गोर्खा रेजिमेन्टलाई सीमानामा पठाउने तयारी देखिन्छ तर दुई देशका बीचमा स्वतन्त्र रहेको नेपालका युवा कुनै देशको सेनामा भर्ती भएर अर्को देशका विरुद्ध युद्धमा भाग लिने , एउटाका पक्षमा अर्कोका विरुद्ध युद्ध लड्नुपर्ने कुरा उचित एवम स्वीकार्य छैन। ‘

विप्लवले यो असलग्न राष्ट्रहरुको अबलम्बन गरेको सिद्धान्त विरुद्ध रहेको पनि बताएका छन् । त्यस्तै उनले गोर्खा रेजिमेन्टलाई चीनसँगको युद्धमा प्रयोग नगर्न समेत भारतलाई आग्रह गरेका छन् । भारतीय सेनामा भर्ती भएर भाडावाल लडाकु नबन्न विज्ञप्तिमार्फत नेपाली युवाहरुलाई अपिल गरेका छन्।

biplav china india

ताजा समाचार