दाङस्थित टरिगाउँ विमानस्थलले हिजो-आज दैनिक २ उडान भर्दै | ईमाउण्टेन समाचार

Our Network

पुष ६ २०८१, शनिबार

दाङस्थित टरिगाउँ विमानस्थलले हिजो-आज दैनिक २ उडान भर्दै

विकास डाँगी
दाङ, २३ माघ । दाङस्थित टरिगाउँ विमानस्थल संचालनमा आएको धेरै भएको छ । धेरै वर्ष पहिले सञ्चालनमा आएपनि पटक पटक बन्दै हुँदै सञ्चालन हुँदै आउनु यसको नियती भएको थियो । धावन मार्ग र ईन्धन आपुर्ति अभावमा रहेको भन्दै पटक पटक बन्द हुँदै र सञ्चालनमा आउने गरेको यो विमानस्थल अब भने धावन मार्ग बिस्तार र डिपो संचालनमा आएसँग नियमित हुने भएको छ ।

वि.सं.२०११ देखि सञ्चालनमा रहेको टरीगाँउ विमान स्थल विमानस्थलको धावनमार्ग साढे ७ सय मिटर लम्बाई र ३० मिटर चौडाईको छ । यही कारणले विमानस्थल समय समयमा बन्द हुँदै र संचालन हुँदै आइरहेको हो ।

यद्यपी कम्तीमा साढे १२ सय मिटर लम्बाईको धावन मार्ग बिस्तार भएमा ४५ सिटे विमानको नियमीत उडान गर्न सकिनेछ । त्यसैगरि यता विमानस्थल नियमित संचालनमा ल्याउन इन्धन डीपो स्थापना हुने भएको छ ।

उद्योग, बाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव बैकुण्ठ अर्यालले तुलसीपुरको टरीगाउँ एयरपोर्टमा इन्धन डिपोको व्यवस्थापन हुने बताउनुभयो ।

विमानस्थलको धावन मार्गलाई साढे ७ सय मिटरबाट बढाएर १२ सय मिटर पु-याइँदै छ । लगानीको लागी निजि क्षेत्रसंग सहयोगका अपिल गरिएको तल्सीपुर उपमहानगरपालिका प्रमुख घनश्याम पाण्डेले बताउनुभयो ।

नेपाल आयल निगमले पनि प्रादेशिक रुपले इन्धन वितरण गर्ने गरी योजना बनाईरहेको छ । जग्गा पाएमा दाङमा भण्डारकेन्द्र बनाउने निगमको योजना छ । आउँदो दशैंसम्म ब्राउजर मात्र नभई जग्गा पाएमा ५/७ दिन सम्मको लागि भण्डारकेन्द्र बनाउने निगमले जनाएको छ ।

२०७५ साल असोजदेखि तुलसीपुर उपमहानगरको पहलमा उडान गर्ने शुरु गरेको जहाजले हिजो आज दैनिक २ उडान भर्दै आएको छ । तर ईन्धन अभावले यात्रुहरुले महँगो भाडामा यात्रा गर्न बाध्य छन् ।

धावनमार्ग बिस्तार र डिपो संचालन गरि यस क्षेत्रको दीगो हवाई सेवा संचालन हुने सकेमा यस क्षेत्रको समग्र विकासमा टेवा पुग्नेछ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);