काठमाडौं, ४ माघ । अकुपाई टुंडिखेल अभियानको ११ औं सप्ताहमा फोटो प्रदर्शनी गरिएको छ । अतिक्रमणको चपेटामा परेको टुंडिखेलको संरक्षण र खुल्ला क्षेत्रको महत्व उजागर गर्ने उद्देश्य सहित सुरु गरिएको अभियानको ११ हप्तामा शनिबार ‘हामी नबिर्सौ नाम दिइएको फोटो प्रदर्शनी गरिएको हो ।
अभियानले गतहप्ता खुल्लामञ्चभित्र बसपार्क निधेष गरिएको सूचना टाँस गरिएको थियो । कार्यक्रममा काठमाडौं ६ बाट निर्वाचित कांग्रेस सांसद भीमसेनदास प्रधानले खुलामञ्चलाई अतिक्रमण मुक्त गर्न जनताहरु सडकमा ओर्लिनु पर्ने बताउनु भयो ।
फोटो प्रदर्शनीमा ऐतिहासिक महत्व, विपदको साथी, साँघुरिदो खुला ठाउँ—पहिले र अहिले, खुला ठाउँको महत्व, निस्सासिएको शहर र आहा क्या राम्रो काठमाडौं जस्ता विषयहरु समेटिएका थिए ।