२२ औं राष्ट्रिय भूकम्प सुरक्षा दिवस बिविध कार्यक्रम गरी मनाइयो | ईमाउण्टेन समाचार

Our Network

पुष ३ २०८१, बुधवार

२२ औं राष्ट्रिय भूकम्प सुरक्षा दिवस बिविध कार्यक्रम गरी मनाइयो

काठमाडौं, २ माघ । बिहीवार २२ औँ राष्ट्रिय भूकम्प सुरक्षा दिवस देशैभर बिबिध कार्यक्रम गरी मनाइएको छ । विक्रम सम्वत १९९० साल माघ २ गते भूकम्प गएको सम्झनामा २०५५ सालदेखि माघ २ गतेलाई राष्ट्रिय भूकम्प सुरक्षा दिवसका रुपमा मनाउन थालिएको हो ।

तर दिवस मनाइरहँदा पनि भूकम्पीय जोखिम न्यूनिकरणका कार्यक्रम प्रभावकारी हुन सकेका छैनन् । पछिल्लो पटक २०७२ साल वैशाख १२ गते गोरखाको बारपाक केन्द्रबिन्दु भएर गएको भूकम्पले झण्डै नौ हजार भन्दा धेरैको ज्यान गएको थियो ।

भूकम्पबाट आठ लाखभन्दा बढी निजी घर ध्वस्त भए भने दुई सयभन्दा बढी पुरातात्विक सम्पदा भत्किएका थिए । भूकम्प गएको ४ वर्ष बितिसक्दासमेत पुननिर्माणको काम सकिएको छैन ।

नेपाल भुकम्पको जोखिमका हिसाबले विश्वको ११ औँ स्थानमा रहेको छ । नेपालमा हरेक ८० देखि १ सय वर्षको अन्तरालमा ६ देखि ८ रेक्टरस्केलको भूकम्प जाने गरेको पाइन्छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);