क्यान्सरलगायत रोगको परीक्षण गर्न दैनिक एक हजार नमुना भारततर्फ | ईमाउण्टेन समाचार

Our Network

असोज ३ २०८१, बिहीबार

क्यान्सरलगायत रोगको परीक्षण गर्न दैनिक एक हजार नमुना भारततर्फ

prayogsala

काठमाडौं, ९ पुस । दुई वर्षअघि कंगोबाट फर्किएका एक नेपाली सिपाहीलाई ज्वरो आएपछि काठमाडौंको एक अस्पतालमा भर्ना गरियो । इबोलाको आशंका गरी अस्पतालले इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा टेकुमा खबर गर्‍यो । सरकारले तत्काल बिरामीलाई सुरक्षित वातावरण मिलाएर गोप्य रूपमा छुट्टै राख्यो । इबोला भए–नभएको पत्ता लगाउन नमुना अमेरिका पठाइयो । एक महिनासम्म बिरामी र परिवारलाई तनाव भयो । रिपोर्ट आयो– इबोला होइन ।

०७५ चैतमा काभ्रेका २१ वर्षीय एक युवक बिरामी भए । ती युवकलाई १० चैतमा खोकी र ज्वरो आएपछि उपचारका लागि अस्पताल भर्ना गरियो । खोकी तथा श्वासप्रश्वासको समस्या भएकाले बर्डफ्लु संक्रमण भएको आशंका गरियो । उपचार गर्दागर्दै पाँच दिनपछि उनको मृत्यु भयो । बर्डफ्लु हो कि होइन भन्ने निश्चित गर्न नेपालमा सम्भव नभएकाले उनको नमुना परीक्षणका लागि जापान पठाइयो । एक महिनापछि रिपोर्ट आयो– उनलाई बर्डफ्लु लागेको थियो । नेपालमा मानिसमा बर्डफ्लु संक्रमण भएको यो नै पहिलो घटना थियो । त्यो संक्रमण एक महिनासम्म धेरैमा फैलिन सक्थ्यो, त्यो विषयमा यहाँ कुनै व्यवस्था थिएन ।

यी तीन प्रतिनिधि उदाहरणले नेपालमा महामारी र संक्रामक रोगको परीक्षण सम्भव छैन भन्ने सन्देश दिन्छ, जब कि विश्व बैंक र विश्व स्वास्थ्य संगठनले यस्ता धेरै संक्रामक रोगको परीक्षण नेपालमै होस् भनेर ६ वर्षअघि टेकुमा प्रयोगशाला बनाइदिएका थिए । तर, यो प्रयोगशाला बन्द छ ।

यो खबर आजको नयाँ पत्रिका दैनिकमा प्रकाशित छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);