माइक्रोफाइनान्सको शेयर किन्न लगानीकर्ता उत्साहित | ईमाउण्टेन समाचार

Our Network

असोज १९ २०८१, शनिबार

माइक्रोफाइनान्सको शेयर किन्न लगानीकर्ता उत्साहित

सेयर बजारमा लघुवित्त कम्पनीहरूको प्रभुत्व बिस्तारै बढ्दै

काठमाडौं, ८ पुस । सेयर बजारमा बैंक तथा वित्तीय संस्थाप्रति लगानीकर्ताहरुको आकर्षण घटेको छ । यसअघि अघिकांश साताहरूमा कुल कारोबारमा बैंक तथा वित्तीय संस्था कम्पनीहरूको सेयर हिस्सा करिब ८० प्रतिशतभन्दा धेरै रहँदै आएको थियो । पछिल्ला साताहरूमा माइक्रोफाइनान्स तथा लघुवित्त कम्पनीहरूको प्रभुत्व बिस्तारै बढ्दै गएको छ।

चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा अपेक्षा गरिएअनुरूप बैंक तथा वित्तीय संस्थाहरूको वित्तीय प्रतिवेदनमा सुधार नभएकाले ती कम्पनीहरूको सेयरमा लगानीकर्ताको आकर्षण घट्दै गएकोछ ।

बैकको शेयर मूल्य सस्तो भएतापनि प्रतिफल प्राप्त हुने नदेखिएपछि लगानीकर्ताहरुको आकर्षण माइक्रोफाइनान्स तथा लघुवित्त तिर गएको पाइन्छ । पछिल्लो समय संख्यात्मक रुपमा धेरै लघुवित्त भएपनि स्थापित तथा पुराना माइक्रो फाइनान्सको रिजर्भ, फण्ड लगायतका कारणले लघुवित्त कम्पनीहरु नाफामा रहेका छन् ।

शेयरको संख्या थोरै भएकाले किन्न चाहेपनि नपाइराखेको अवस्थामा यस्ता कम्पनीको शेयरले धेरै रिटर्न दिने भएकाले मार्केटमा लघुवित्त कम्पनीहरुको शेयर माग धेरै रहेको छ ।

लगानीकर्ताहरुले कम्पनीहरुबाट प्रतिफल, लाभांश र हकप्रद शेयर खोज्ने भएकाले लघुवित्त कम्पनीहरुले अन्य कम्पनी भन्दा लघुवित्त कम्पनीहरुबाट प्राप्त हुने भएकाले माइक्रोफाइनान्स कम्पनीका शेयर किन्न रुचाएका हुन् । यस्ता कम्पनीमा शेयरको मूल्य तलमाथि हुँदा कमाउने मौका धेरै रहने भएकाले लगानीकर्ता आकर्षित भएका छन् ।

बैंकहरुको पूँजी २ अर्बबाट ८ अर्ब भएपनि लघुवित्तको बढेको छैन् । क्यापिटलअनुसार प्रतिफल पनि लघुवित्तलेनै दिएका कारण लगानीकर्ता बैक छोडि माइक्रोफाइनान्स तिर गएका छन् ।

यो समयमा समग्र लघुवित्तको शेयर सुचक १ हजार ६ सय ३१ अंकमा रहेकोछ भने बैकिक समूहको सुचक भने १ हजार ४२ अंकमा कारोबार भइरहेकोछ । अधिकांश वित्तीय संस्थाको चुक्ता पुँजी तोकिएको सीमामा पुगिसकेकाले केही समय विगतमा जस्तो राम्रो प्रतिफल आउँदैन ।

कुल कारोबार हिस्सामा सबैभन्दा बढी हिस्सा बैंकिङ र बिमा समूहले ओगटेका भएतापनि माइक्रोफाइनान्सको शेयर किन्न लगानीकर्ता उत्साहित छन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);