राष्ट्रपति भण्डारीद्वारा अयोध्याबाट आएका जन्तीलाई स्वागत | ईमाउण्टेन समाचार

Our Network

माघ १३ २०८१, आइतबार

राष्ट्रपति भण्डारीद्वारा अयोध्याबाट आएका जन्तीलाई स्वागत

janti swagat

जनकपुर, १३ मंसिर । रामजानकी विवाहपञ्चमीका अवसरमा अयोध्याबाट जनकपुरधाम आएका जन्तीहरुलाई राष्ट्रपति विद्यादेवी भण्डारीले स्वागत गर्नुभएको छ । राष्ट्रपति भण्डारीले जानकी मन्दिरमा पुजाअर्चना गरेपछि रंगभुमी मैदानमा जन्तीलाई स्वागत गर्नुभएको थियो ।

करिब २ बजेदेखि सुरु भएको जन्ती स्वागत कार्यक्रममा मिथिला नाट्य कला परिषदले जानकी लिला प्रस्तुत गर्दै उपस्थित सबैलाई मन्त्रमूग्ध पारेका थिए ।

सो कार्यक्रममा भारतबाट आएका जन्ती, संघीय सरकारका मन्त्रीहरु योगेश भट्टराई, पद्मा अर्याल, नेपालका लागि भारतीय राजदुत मंजिब सिँह पुरी प्रदेश दुईका मुख्यमन्त्री लालबाबु राउत लागयतकाले राम सीता विवाहको प्रसंग र जनकपुरधामको बारेमा मन्तव्य राख्नु भएको थियो ।

कार्यक्रम समापन पश्चात् राष्ट्रपति भण्डारी काठमाडौँ फर्किनु भएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);