कम्युनिष्ट नेतृत्वको वर्तमान सरकार पूर्णत असफल : प्रवक्ता शर्मा | ईमाउण्टेन समाचार

Our Network

असोज १९ २०८१, शनिबार

कम्युनिष्ट नेतृत्वको वर्तमान सरकार पूर्णत असफल : प्रवक्ता शर्मा

congress

काठमाडौं, ३ मंसिर । नेपाली काँग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले कम्युनिष्ट नेतृत्वको वर्तमान सरकार पूर्णत असफल भएकाे आराेप लगाउनुभएकाे छ । उहाँले उपनिर्वाचनमा आफ्नो पार्टीलाई मतदान गर्न सबै मतदातालाई आह्वान समेत गर्नुभएको छ ।

प्रवक्ता शर्माले मंगलबार पत्रकार सम्मेलन गरी सरकारका जनविरोधी गतिविधिलाई सच्याउन पनि आम मतदातालाई आगामी मंसीर १४ गते हुने उपनिर्वाचनमा आफ्नो पार्टीमा मत गर्न आह्वान गर्नु भएको हो ।

सरकारका भईरहेका गतिविधिलाई सच्याउने सन्देश दिने गरी आम मतदाताले मतदान गर्नुपर्दछ भन्ने हाम्रो विश्लेषण छ,’ प्रवक्ता शर्माले भन्नु भयो,‘२१ महिनाको अवधिमा सरकारले आफ्नो चाहना अनुसार गतिविधि गरे/नगरेको सोच्न म आम मतदातालाई आग्रह गर्दछु ।’

प्रवक्ता शर्माले कम्युनिष्ट नेतृत्वको वर्तमान सरकार पूर्णत असफल भएकाले पनि आम जनताले उपनिर्वाचनमा आफ्नो पार्टीको पक्षमा मतदान गर्नुपर्ने तर्क पनि पटकपटक दोहो-याउनु भयो । काँग्रेसले २१ महिनाको अवधिमा आफ्नो पार्टीले भने जिम्मेवार र शालिन प्रतिपक्षको भूमिका निर्वाह गरेको दावी पनि गरेको छ ।

भारतसँग सीमा समस्या समाधान गर्न पनि सरकारले ठोस कदम चाल्न नसकेको काँग्रेसको आरोप छ । प्रवक्ता शर्माले उच्चस्तरीय राजनीतिक तथा कूटनीतिक पहलकदमी लिएर भारतसँगको सीमा समस्या समाधान गर्न सरकार सफल हुने नदेखिएको दावी पनि गर्नु भयो ।

प्रधानमन्त्री ओलीका पछिल्ला आवेगपूर्ण अभिव्यक्तिले सो समस्या समाधान गर्न सरकार गम्भिर नभएको देखिएको पनि उहाँको भनाई छ । प्रवक्ता शर्माले आन्तरिक द्धन्द्धका कारण कालापानीमा राखिएको भारतीय सेना आफ्नो पार्टी नेतृत्वको सरकारले विगतमा हटाउन नसकेको पनि बताउनु भयो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);