चीनलाई विभाजन गर्न खोज्ने जो–कोहीको प्रयास विफल बनाउँछु : राष्ट्रपति सी | ईमाउण्टेन समाचार

Our Network

फागुन २ २०८२, आइतबार

चीनलाई विभाजन गर्न खोज्ने जो–कोहीको प्रयास विफल बनाउँछु : राष्ट्रपति सी

xi and oli

काठमाडौं, २६ असोज । चिनियाँ राष्ट्रपति सी जिनपिङले चीनलाई विभाजन गर्न खोज्ने जो–कोहीको प्रयासलाई विफल बनाइने बताउनुभएको छ ।

आइतबार नेपालको दुईदिने राजकीय भ्रमण सकेर स्वदेश फर्कनुअघि प्रधानमन्त्री केपी शर्मा ओलीसँगको भेटमा सीले चीनलाई विभाजन गर्नका लागि सहयोग पुर्‍याईरहेका बाह्य शक्तिलाई पनि चिनियाँ जनताले निस्तेज पारिदिने बताउनुभएको थियो ।

नेपाल सदैव एक चीन नीतिप्रति कटिवद्ध : प्रधानमन्त्री ओली

राष्ट्रपति सीको भनाइमा समर्थन जनाउँदै प्रधानमन्त्री ओलीले नेपाल सदैव एक चीन नीतिप्रति कटिवद्ध रहेको र चीनको सार्वभौमिकता तथा भौगोलिक अखण्डता जोगाउन नेपालले सधै समर्थन गर्ने जवाफ दिनुभएको जनाइएको छ ।ओलीले नेपाली भूमिबाट चीनविरुद्ध कुनै पनि शक्तिलाई विभाजनकारी गतिविधि गर्न नदिने प्रतिवद्धतासमेत व्यक्त गर्नुभएको थियो ।

आइतबार नै सीसंग नेकपाका अध्यक्ष पुष्पकमल दाहाल नेतृत्वको टोलीले पनि होटल सोल्टीमा भेटवार्ता गरेको थियो । भेटवार्तामा सीले चीन सधैं नेपालको साथमा रहने विश्वास दिलाउनुभएको थियो । सीले दुई देशबीचको सम्बन्ध निकै सुमधुर रहेको भन्दै अझ सुदृढ गर्दै लैजानुपर्नेमा जोड दिनुभएको जनाइएको छ ।

prachanda barta xi jinping