पोखरा महानगर तथा स्थानीय संघ संस्थाहरु जलकुम्भी नियन्त्रणमा | ईमाउण्टेन समाचार

Our Network

पुष ३ २०८१, बुधवार

पोखरा महानगर तथा स्थानीय संघ संस्थाहरु जलकुम्भी नियन्त्रणमा

jalkumbhi fewatal

कृष्ण अन्जान ज्ञवाली
पोखरा, १५ असोज । पोखराको प्रमुख पर्यटकीय गन्तव्य फेवाताल यतिखेर जलकुम्भी झारले कुरुप भएको छ । पोखरा महानगरपालिका लगायत विभिन्न स्थानीय संघ संस्थाहरुले जलकुम्भी झार हटाउने अभियान थालेको पनि धेरै भइसक्यो । ती अभियानले जलकुम्भी केही नियन्त्रण त भयो तर त्यति प्रभावकारी देखिएन ।

यतिखेर पोखराको सुन्दर फेवाताल भन्दा त्यसलाई कुरुप बनाई राखेको जलकुम्भीको धेरै चर्चा परिचर्चा भईरहेको छ । पोखराको मुख्य पर्यटकीय आकर्षणहरुमध्ये एक फेवाताललाई जलकुम्भीले ढाकेर कुरुप बनाँउदा पोखरा महानगरपालिका तथा स्थानीय संघ संस्थाहरु जलकुम्भी नियन्त्रणमा लागेका छन् ।

jalkumbhi niyantran

फेवाताल संरक्षण र सरसफाइका लागि यतिवेला समिति नै बनाएर जलकुम्भी झार निकाल्ने काम भइरहेको छ । मुख्यतया उपल्लो क्षेत्रवाट बगेर आउने जलकुम्भीले फेवातालको सुन्दरतालाई विगारेपछि पोखरा महानगरपलिकाको निर्देशनमा जलकुम्भी हटाउने मात्रै होइन दिर्घकालिन व्यवस्थापनको प्रकृया पनि थालिएको हो ।

भदौ अन्तिम साता बाढीले बगाएर ल्याएको जलकुम्भी झारले फेवातालको अधिकांश भाग ढाकेपछि आन्तरिक र वाह्य पर्यटकहरुलाइ डुंगामा यात्रा गर्न कठिनाइ भएको थियो । फेवाताललाई जलकुम्भीले ढाकेर कुरुप बनाए पछि थालीएका अभियानले करिव २ सय ट्रकभन्दा बढीझार बाहिर फालिसकेको छ । यो झारलाइ व्यवस्थापन गर्न र दिर्घकालिन व्यवस्थापनको योजना बनाउन गठित फेवाताल जलकुम्भी झार व्यवस्थापन समिति अव चाँडै दिर्घकालिन योजना बनाएर बढ्ने भएको छ ।

जलकुम्भी विशेष गरी उपल्लो तटीय क्षेत्रबाट बगेर फेवातलाको मध्यमा आउने र त्यहिंवाट फैलिने भएकाले यसको नियन्त्रणका लागि उपल्लो क्षेत्रमा तारवार गर्ने र यो झार जहां उम्रिन्छ त्यहीँ नै नष्ट गर्ने गरि योजना बनाउनु पर्ने सरोकारवालाहरुको भनाइ छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);