सिंगापुरस्थित नेशनल अस्पतालमा प्रधानमन्त्री ओलीको उपचार सुरु | ईमाउण्टेन समाचार

Our Network

असोज ९ २०८१, बुधवार

सिंगापुरस्थित नेशनल अस्पतालमा प्रधानमन्त्री ओलीको उपचार सुरु

pm oli-tripakshiye

काठमाडौं, ७ भदौ । उपचारका लागि सिंगापुर जानु भएका प्रधानमन्त्री ओलीको उपचार सुरु भएको छ । मृगौलाको समस्याका कारण ‘एन्डीबडी’ को मात्रा बढेर सिंगापुर प्रस्थान गर्नु भएका प्रधानमन्त्री केपी शर्मा ओलीको सिंगापुरस्थित नेशनल अस्पतालमा उपचार सुरु भएको छ ।

प्रधानमन्त्रीको अवस्था सामान्य रहेको चिकित्सकको भनाइ छ । प्रधानमन्त्री ओली स्वास्थ्योपचारका लागि बैंकक हुँदै विहीबार सिंगापुर पुग्नु भएको हो । उहाँ करिब ९ र १० दिनसम्म अस्पतालमा रहने बताइएको छ । प्रधानमन्त्रीको उपचारटोलीमा संलग्न निजी चिकित्सक डा. दिव्या सिंहका अनुुसार उपचार सुरु भइरहेको र प्रधानमन्त्री ठीक भएको बताउनु भएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओली यसअघि साउन १८ गतेदेखि २७ गतेसम्म सिंगापुरमा उपचार गराएर स्वदेश फर्किनु भएको थियो । मृगौला प्रत्यारोपणपछि प्रयोग भइरहेको औषधि परिवर्तन गरिएकोले त्यसको ‘रियाक्सन’ बुझ्न र एन्डीबडीको मात्रा घटाउने उपचार विधिका लागि उनी बिहिबार दोस्रोपटक सिंगापुर जानु भएको हो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);