अध्यक्ष दाहाललाई १५ महिनापछि अवसर | ईमाउण्टेन समाचार

Our Network

असोज १० २०८१, बिहीबार

अध्यक्ष दाहाललाई १५ महिनापछि अवसर

prachanda-satta paltina sakcha

काठमाडौं, ७ भदौ । तत्कालीन एमाले र माओवादी केन्द्रको एकताक्रममा दुई जना अध्यक्ष राख्ने सहमति भएपछि केपी शर्मा ओली र पुष्पकमल दाहाल दुवैको बराबरी कार्यकारी भूमिका हुने भनिएको थियो । बैठक सञ्चालनमा आलोपालो अध्यक्षता गर्ने समझदारी थियो । तर एकता भएको १५ महिनासम्म दाहालले त्यो अवसर पाएनन् ।

ओलीले बिहीबार सिंगापुर जानुअघि पार्टी बैठक सञ्चालन र एकताका बाँकी काममा समझदारी बनाउने जिम्मेवारी दाहाललाई दिएका छन् । कार्यकारी भूमिका पाएलगत्तै दाहालले सक्रियता पनि बढाएका छन् । बिहीबारको बैठकमा अध्यक्ष ओलीसँग असन्तुष्ट नेता माधव नेपाललाई शुक्रबार बिहानै भेटेर उनले छलफल गरेका छन् ।

कार्यकारी अधिकार पाएपछि दाहाललाई पार्टीभित्र अब केही सहज भएको नेताहरूले बताएका छन् । ‘दुई अध्यक्ष भने पनि ओली प्रधानमन्त्रीसमेत भएकाले पार्टीभित्र दाहालको भूमिका सहयोगी अध्यक्षको जस्तो मात्र थियो,’ सचिवालयका एक नेताले भने, ‘प्रधानमन्त्रीले बल्ल पार्टी अध्यक्षको जस्तो व्यवहार गर्नुभएको छ, बराबरी हैसियतको अध्यक्षका रूपमा स्वीकार्नुभएको छ ।’

यो खबर आजको कान्तिपुर दैनिकमा प्रकाशित छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);