सुनको मूल्य हालसम्मकै उच्च बिन्दुमा | ईमाउण्टेन समाचार

Our Network

असोज १४ २०८१, सोमबार

सुनको मूल्य हालसम्मकै उच्च बिन्दुमा

gold and silver

काठमाडौं, १७ साउन । सुनको मूल्य हालसम्मकै उच्च विन्दुमा पुगेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार सुन प्रतितोला ६५ हजार ८ सय रुपैयाँमा बिक्रि भएको छ ।

यो अहिलेसम्मकै सबैभन्दा महँगो मूल्य हो । एक साताअघि सबै पुरानो रेकर्ड तोडेर सुनको मूल्य साउन १० गते ६५ हजार ५ सय रुपैयाँ पुगेको थियो।अन्तर्रा्ष्ट्रिय बजारमा सुनको मूल्य महँगिदा नेपालमा असर परेको महासंघले जनाएको छ ।

शुक्रबार अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य प्रतिऔंस १४ सय ३८ डलर पुगेको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले थप चिनियाँ सामानमा २५ प्रतिशत कर लगाउने चेतावनी दिएपछि सुनको मूल्य महँगिएको जनाइएको छ ।

त्यस्तै उत्तर कोरियाले जापानको समुन्द्रमा पुनः परमाणु खसालेपछि थप द्वन्द्व चर्किने लगानीकर्ताको अनुमान छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);