असार मसान्त भित्र पार्टी एकिकरणको सम्पूर्ण कार्य सकिन्छ : ओली | ईमाउण्टेन समाचार

Our Network

असोज १५ २०८३, शुक्रबार

असार मसान्त भित्र पार्टी एकिकरणको सम्पूर्ण कार्य सकिन्छ : ओली

kp oli

काठमाडौं, १४ असार । प्रधानमन्त्री एवं नेकपाका अध्यक्ष केपी शर्मा ओलीले असार मसान्त भित्र पार्टी एकिकरणको सम्पुर्ण कार्य सम्पन्न हुने बताउनुभएको छ । मदन भण्डारीको ६८ औं जन्मजयन्तीको अवसरमा शनिबार राजधानीको राष्ट्रियसभागृहमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले पार्टी एकतामा केही अलमल भएपनि निरास हुने अवस्था नरहेको बताउनुभएको हो ।

एकतामा भएको ढिलाईबाट केही आंशका उब्जिएको र त्यसैलाई लिएर खिसिट्युरी हुने गरेको उल्लेख गर्दै उहाँले चालु आर्थिक बर्षको समाप्ती संगै एकिकरणका काम पनि पुरा हुने बताउनुभयो । उहाँले सरकारले राम्रो काम गर्दै आएको र आगामी आर्थिक बर्षमा नयाँ उत्साहका साथ अघि बढ्ने स्पष्ट पार्नुभयो ।

उहाँले भन्नुभयो “सरकारले राम्रो काम गरेको छ । सरकार आफ्ना महान उद्देश्यमा दृढ छ । लोकतन्त्रको रक्षा गर्ने कुरामा, लोकतन्त्र सुदृढ गर्ने कुरामा, लोकतन्त्र कार्यान्वयन गर्ने कुरामा र लोकतन्त्रका व्यापक उद्देश्यहरु साकार पार्ने कुरामा । देशमा शुसासन र विकास हासिल गर्ने कुरामा ।” आफुहरुले सरकार माथि जबरजस्ती विश्वास गर नभन्ने भन्दै उहाँले सरकारले गरेका कामहरुको मुल्यांकन गर्न आग्रह गर्नुभयो ।

Uncategorized‐मा वर्गिकृत

ताजा समाचार