स्थानीय तहलाई पुराना ५५ वटा गाडी र १९ मोटरसाइकल | ईमाउण्टेन समाचार

Our Network

पुष ७ २०८१, आइतबार

स्थानीय तहलाई पुराना ५५ वटा गाडी र १९ मोटरसाइकल

general-and-sanghiya-ministry

काठमाडौं, ८ असार । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले लामो समयदेखि बिग्रिएर थन्किएका पुराना सवारीसाधन स्थानीय तहलाई पठाएको छ । जसमा ५५ वटा गाडी र १९ वटा मोटरसाइकल छन् । मन्त्रालयले पुराना तथा बनाएर चलाउन मिल्ने किसिमका सवारीसाधन पठाएको जनाएको छ ।

‘विभिन्न स्थानीयबाट सवारीसाधनको माग भएको थियो, हामीले मन्त्रालयमा प्रयोग नभएका र लिलाममा पठाउन लागिएका सवारीसाधनलाई स्थानीय तहमा पठाएका हौँ,’ मन्त्रालयका सचिव यादवप्रसाद कोइरालाले भने । केही स्थानीय तहले मर्मत गरेर र केहीले आफैँ बनाएर चलाउँछौँ भनेर लगेको मन्त्रालयले जनाएको छ । विभिन्न मन्त्रालयसँग भएका पुराना र प्रयोगमा नआएका सवारीसाधन स्थानीय तहलाई पठाइएको हो ।

यी हुन् सवारीसाधन लैजाने स्थनीय तह
मन्त्रालयले पथरी शनिश्चरे, पाँचखाल र मिक्लाजुङ नगरपालिका तथा भगवतीमाई गाउँपालिकालाई दुई–दुईवटा गाडी पठाएको छ । बुढीगंगा गाउँपालिकालाई ६ वटा गाडी पठाएको छ । विराटनगर र धरान उपमहानगरपालिका, बेलबारी, इनरुवा, इटहरी, उर्लाबारी, सुन्दरहरैँचा, मादी, खाँदबारी, रतुवामाई, दुधौली, धर्मदेवी, नमोबुद्ध, महालक्ष्मी, कटारी नगरपालिका र कामधुनी, बेलबारी, कुशे, ग्रामथान, जिराभवानी, आँधिखोला, रामप्रसाद राई, आमचोक, सभापोखरी, चिचिला, कञ्चन, चामे, केराबारी, पालुङटार, यमुनामाई, जुगल, तीला, टेम्के मैयुङ र मेन्छ्यायेम, ताप्ली, छिपरमाई, रतिमाई, उदयपुर गढी गाउँपालिकालाई एक÷एकवटा गाडी पठाएको हो ।

मन्त्रालयले रामधुनी नगरपालिका, पाँचखाल नगरपालिका र इनरुवा नगरपालिकालाई पाँच/पाँच गरी १५ वटा, सभापोखरी र तीला गाउँपालिकालाई दुई/दुई गरी पाँच स्थानीय तहमा १९ वटा मोटरसाइकल पठाएको छ ।  यो समाचार आजको नयाँ पत्रिका दैनिकमा लेखेको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);