विवाह समारोहमा बच्चालाई दुध चुसाउन व्यस्त बेहुली, तस्बिर बन्यो भाईरल | ईमाउण्टेन समाचार

Our Network

कार्तिक ३ २०८३, मंगलबार

काठमाडौँ, २१ भाद्र । ब्राजिलकी एक युवतीले आफ्नै विवाह समारोहमा आफ्नो तीन महिने शिशुलाई स्तनपान गराएको दृश्य अहिले सामाजिक सञ्जाल इन्स्टाग्राममा भाइरल बनेको छ।

२४ वर्षीया ड्यानिली कात्सुइले प्रेमी काले रिओससँग विवाह गर्दा आफ्नो तीनमहिने शिशु कावालाई स्तनपान गराएको क्षणलाई फोटोग्राफर मोनिका कार्भाल्होले फोटो खिचेर सामाजिक सञ्जाल इन्स्टाग्राममा राखेकी थिईन्।

विवाहजस्तो जीवनकै अविस्मरणीय पलमा पनि एक आमाले आफ्नो सन्तानलाई कति माया गर्छिन् भन्ने कुराको झलक पाएपछि मोनिकाले उक्त तस्बिरलाई इन्स्टाग्राममा पोस्ट गरेकी थिइन्।

आमाका लागि समय र स्थानको महत्व हुँदैन’ शीर्षकमा पोस्ट गरिएको उक्त तस्बिर केही क्षणमै भाइरल भएको थियो। धेरैले त्यसमा राम्रो तस्बिर भन्ने प्रतिक्रिया दिए। एजेन्सी

ताजा समाचार